निषेधाज्ञा तोड्दा पाँच पक्राउ

रौतहट, १७ भदौ । जिल्ला प्रशासन कार्यालय रौतहटले ७ भदौदेखि जिल्ला सदरमुकाम गौरमा लगाएको निषेधाज्ञा तोड्ने क्रममा बिहीबार एनेकपा माओवादीका पाँच कार्यकर्ता गिरप्mतार भएका छन् ।

गौर नगरक्षेत्रभित्र प्रर्दशनकारी जान खोजेपछि सुरक्षाकर्मीले नयाँ बसपार्कनजिकै अवरोध गरेका थिए । सुरक्षाकर्मीले सचेत गराउँदा पनि अटेर गरी निषेधित क्षेत्र तोड्न खोजेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष उपेन्द्र साह कार्यकर्ताहरू राजेश साह, जयप्रकाश कौशल र सुनिल साह छन् । रौतहटमा दंगाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने कारण नभएको भन्दै एनेकपा माओवादीले गौर नगरपालिका १० स्थित सबगडाबाट बिहीबार दिउँसो जुलुस प्रदर्शन गरेको थियो ।

एमाओवादीको मोर्चाले दंगाग्रस्त क्षेत्र घोषणा फिर्ता गर्नुपर्ने, सेनालाई ब्यारेक फिर्ता पठाउनु पर्ने तथा मधेसको जायज मागलाई तत्काल सम्बोधन गर्नुपर्ने भन्दै प्रदर्शन गरिएको जनाएको छ ।

प्रतिक्रिया