जुम्ला, ५ भदौ । सरकारले कर्णालीवासीको आन्दोलनलाई सम्बोधन गरी गत साउन २३ गते राती गरेको सहमति खारेज गरेकामा जुम्लामा विजय उत्सव मनाइएको छ ।
कर्णालीलाई सुदूरपश्चिमबाट खण्डित गर्न र विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेश घोषणाको माग राख्दै सिंगो कर्णालीवासी १२ दिनसम्म आन्दोलनरत थिए । आन्दोलनको १३औँ दिनमा सरकारले कर्णालीका पाँच जिल्ला भेरीका तीन र राप्तीका दुईवटा जिल्लालाई छैटौँ प्रदेशका रूपमा कायम गरेको अवसरमा विजय जुलुस निकालिएको थियो ।
जुलुसमा सर्वदलीय सर्वपक्षीय संयुक्त आन्दोलन परिचालन कमिटी जुम्लाको महिलातर्फबाट महिला अधिकारवादी भगवती श्रेष्ठले नेपालको इतिहासमा कर्णालीका महिलाले यतिबेला अदम्य साहस देखाएको परिणाम चाख्न पाएको र त्यसमा सरकारले कर्णालीवासीप्रति सम्मान गरेको बताइन् ।
एमाओवादी जुम्लाका जिल्ला अध्यक्ष वीरबहादुर कुँवरले करिब दुई सातासम्म चलेको कर्णाली आन्दोलनलाई सरकारले उच्च सम्मान गरेको बताए । उनले कर्णालीको ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्वको मूल्यांकन गर्दै प्रदेशको नाम कर्णाली राखिनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया