बुटवल । सुरक्षाको प्रत्याभूति नभएको भन्दै चालकहरूले एम्बुलेन्स सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।
बन्दका क्रममा एम्बुलेन्स चालकमाथि कुटपिट र दुव्र्यवहारका घटना दोहोरिएको भन्दै सुरक्षाको प्रत्याभूति नभए एम्बुलेन्स ठप्प पार्ने जनाएका हुन् ।
संयुक्त एम्बुलेन्स चालक संघ नेपालका लुम्बिनी अञ्चल अध्यक्ष यदुनाथ भण्डारीले विज्ञप्ति निकालेर मानव सेवामा प्रयोग हुने अति संवेदनशील सवारीसाधनमाथि विभिन्न स्थानमा भइरहेको तोडफोड र कुटपिटप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
बन्दकर्ताले बिहीबार भैरहवामा सिद्धार्थ सेवा समाजको एम्बुलेन्स तोडफोड गरी चालकलाई हातपात गरेका थिए । (सौस)
प्रतिक्रिया