वीरगञ्जमा पनि बन्दको विरोध

Band ko birodhaपर्सा, ४ भदौ । अनिश्चित कालीन बन्दको विरोध गर्दै शुक्रबार वीरगञ्जका खुद्रा व्यवसायीले बन्दविरोधी ¥याली निकालेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यालयबाट निकालिएको विरोध ¥यालीमा व्यापारी तथा सर्वसाधारण सहभागी थिए । वीरगञ्जको अलखिया मठ, आदर्शनगर, घडिअर्वा पोखरी, माईस्थान, महावीर स्थान हुँदै बजार परिक्रमापछि उद्योग वाणिज्य संघमा पुगेर ज्ञापनपत्र बुझाइएको छ ।

बन्दले आजित वीरगञ्जका व्यवसायीहरूले पहिलोपटक बन्दको विरोध गरेका हुन् । आर्थिक राजधानीको रूपमा चिनिने वीरगञ्जमा दैनिक करोडौँको कारोबार हुने गर्छ ।

६ दिनदेखिको बन्दले आजित वीरगञ्जका व्यापारीले ¥यालीमा ‘बन्द सधैँका लागि बन्द गरौँ, सम्पूर्ण व्यापारी एक होऔँ’ जस्ता नारा लगाएका थिए । विरोध ¥यालीको समयमा व्यापारीहरूले आफ्नो बन्द पसल खोलेर सहयोग गरेका थिए ।

बन्दले वीरगञ्ज भन्सार कार्यालयलाई समेत प्रभावित बनाएको छ । सुरुको तीन दिन मधेस बन्दमा भन्सार कार्यलयमा केही मात्रामा काम भए पनि अनिश्चित कालीन बन्दले ठप्प पारेको वीरगञ्ज भन्सारमा अहिले दैनिक १० देखि १५ करोडभन्दा कम राजस्व संकलन भइरहेको वीरगञ्ज भन्सार कार्यालयका प्रवक्ता सुशील शर्माले बताए ।

उनले भने, ‘वीरगञ्ज भन्सार कार्यालयले दैनिक ३० करोडभन्दा बढी राजस्व संकलन गर्दै आएको थियोे तर बन्दले यस महिनाको लक्ष्यसमेत प्रभावित भएको छ ।’

प्रतिक्रिया