लुटपाटका घटना बढ्दै

धनकुटा, ३ भदौ । आइतबार राती धनकुटाको पाख्रीवास नगरपालिका–१२ फलाटेका ज्ञानबहादुर लुंगेलीको घरमा हतियार देखाएर एक समूहले लुटपाट ग¥यो । राती करिब १२ बजे ‘हामी खेलाडी हौँ, पानी खान पाइन्छ ?’ भन्दै घरमा पसेका ८÷१० जना नकावधारी समूहले पेस्तोललगायतका हतियार देखाएर घरमा भएको करिब ४ तोला बराबरको सुनका गरगहना लुटेर लगे ।

लुटेराले परिवारका सदस्यले लगाएका सिक्री, औँठी, पिँजडालगायत सुनका गहनाका साथै चार थान मोबाइल, बहुमूल्य भनिने बल्ने ढुंगा र नगदसमेत लिएर फरार भए । उनीहरूले लुंगेली परिवारका ५ जनालाई बाँधेर एउटै कोठामा थुनी बाहिरबाट ढोका लगाएर गएका थिए । बिहान अबेरसम्म पनि घरका मान्छे बाहिर नआएपछि छिमेकीले खोज्ने क्रममा उनीहरूलाई थुनेर राखिएको पत्ता पाए र घटना प्रहरीसमक्ष पुग्यो । इलाका प्रहरी कार्यालय पाख्रीवासबाट बिहान घटनास्थल पुगेको प्रहरीले तत्कालै चारैतिर नाकावन्दी गरेर लुटेराको खोजतलास ग¥यो । तर, हालसम्म पनि उनीहरूलाई पक्राउ गर्न भने सकेको छैन ।

यसको ३ दिनअघि गत बिहीबार बिहान पनि धनकुटाको छिन्ताङस्थित कर्कले दोभानबाट घडेरी पास गर्न भनी धरान जाँदै गरेका छिन्ताङ–९ का हरिबहादुर राईलाई पेस्तोल देखाएर नकावधारी समूहले २ लाख ५२ हजार नगद लुटेका थिए । भाइले मलेसियाबाट पठाएको पैसा निकाल्न भन्दै हरिबहादुरसँगै जाँदै गरेका छिन्ताङ–९ कै जितबहादुर राईको पनि ६२ हजार आएको आइएइ नम्बरसहित नागरिकतासमेत लुटेराले लगे ।

प्रतिक्रिया