रुपन्देही, ३ भदौ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवा बिहीबार बन्दकर्ता र बन्द विरोधीको दोहोरो प्रदर्शनका कारण तनावग्रस्त बनेको थियो ।
लगातारको बन्दबाट आजित भएका स्थानियले बन्दकर्ताको प्रतिवाद गरेका थिए । बन्दकर्ताले जातीय र साम्प्रदायिकता पैmलाएको भन्दै बेलहियाबाट प्रतिवाद सुरु गरेको स्थानीयले बताए । दिउँसो करिब साढे २ बजेसम्म मधेसी मोर्चाले मार्चपास गर्दै मधेसी अधिकारको विषयमा आन्दोलन चर्काएको भैरहवामा ३ बजेदेखि स्थानियले बन्दको विरोध गर्दै मार्चपास गरेका थिए । बन्दकर्ताले बेलहियाका स्थानीय व्यवसायीहरूका सामान तोडफोड गर्न खोजेपछि प्रहरीले स्थिति सामान्य बनाउन ४ वटा अश्रु ग्यास र २ वटा रबर बुलेट प्रहार गरेको प्रहरीले जनाएको छ । आन्दोलनमा २ जना गम्भीर र ४÷५ जना सामान्य घाइते भएको प्रहरी स्रोतले जनाएको छ ।
बन्द आयोजकहरूले लाठी, मोर्चा सम्बद्ध झन्डा, फलामका रड लिएर बजार बन्द गराउँदै हिँडेका थिए भने स्थानीयहरूले नेपालको राष्ट्रिय झन्डा, लाठीसहित प्रतिवादमा उत्रेका थिए । बन्दको अवज्ञामा स्थानीय महिलाको सशक्त उपस्थिति देखिएको थियो । यो समाचार तयार पार्दासम्म स्थानियले भैरहवामा बन्दको विरोधमा नाराबाजी गर्दै बजार परिक्रमा गरिरहेका थिए भने बन्दकर्ताहरू कोही पनि देखिएका थिएनन् । बन्दकर्ता र बन्दविरोधीको दोहोरो प्रदर्शनले भैरहवा तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले कप्mर्यु आदेश जारी गरेको छ । बिहीबार साँझ सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकले राती ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कर्प्mयु लगाउने निर्णय गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी राजेन्द्र ढकालले जानकारी दिए । पूर्वमा वसन्तपुर, पश्चिममा एयरपोर्ट, उत्तरमा पडसरी र दक्षिणमा बेलहिया नाकासम्म कर्प्mयु लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।
बन्द आयोजकले बिहीबार भैरहवामा हजारौँ मानिस उतारेका थिए । बन्दकर्ताहरू रुपन्देहीको धकधई, मर्चवार क्षेत्रबाट १ घर एक व्यक्ति अनिवार्य उपस्थित हुन उर्दी जारी गरेकाले बेलहिया बुटवल ६ लेन सडकखण्ड जाम भएको थियो । जनआन्दोलनपछि सरकार र संसदलाई दबाब दिने उद्देश्यले राजनीतिक कार्यक्रममा यतिधेरै मानिस उपस्थित हँुदा भैरहवामा मधेसी समुदायको जनसागर उर्लेजस्तै भएको थियो । बन्द आयोजक मधेसी मोर्चाका संयोजक महेन्द्र यादवले सरकारलाई जनताले झुकाएरै छाड्ने दाबी गर्दै आन्दोलनको नेतृत्व गर्दै बेलहिया तिर हानिएको केही बेरमै स्थानीयले प्रतिकार सुरु गरेका थिए ।
प्रतिक्रिया