काठमाडौँ, ४ भदौ । स्वामी प्रपन्नचार्यको ९२ वर्षको उमेरमा शुक्रबार बिहान ३ः३० बजे मृगस्थली आश्रममा निधन भयो ।
लामो समयदेखि पिसाब र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित स्वामी प्रपन्नचार्य तत्कालीन राजपरिषद् स्थायी समितिका सदस्य थिए । उनका नेपाली भाषा, साहित्य, संस्कृतिसम्बन्धी धेरै अनुसन्धानमूलक कृति प्रकाशित छन् ।
‘वेदमा के छ ?’ उनको चर्चित कृति हो । किरात जातिको इतिहासलगायत संस्कृतिसम्बन्धी धेरै कृति पनि प्रकाशित छन् । हालै नेपाल संस्कृत विश्वविद्यालयले उनलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गरेको थियो । साथै सरकारले उनको योगदानको कदर गर्दै उनलाई आजीवन मासिक रु ३० हजार प्रदान गर्ने निर्णय गरेको थियो ।
विसं १९८० मा पाँचथरमा जन्मिएका स्वामी प्रपन्नचार्यले ३० वर्षको उमेरमा लेखपढ गर्न थालेका थिए ।
प्रतिक्रिया