एक नम्बरबाट उदयपुर हटाए आन्दोलन

Udayapurकाठमाडौं, २ भदौ । उदयपुर जिल्लाका राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजका अगुवाले आफूहरूको जिल्लालाई एक नम्बर प्रदेशबाट टुक्र्याएर अन्यत्र नमिसाउन माग गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूले प्रदेश नम्बर १ मा उदयपुरलाई राखिएकोमा आफूहरू हर्षित भएकोमा पछिल्लो समयमा विवाद मिलाउने नाममा उदयपुरलाई टुत्र्mयाउने काम कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारियो । पत्रकार सम्मेलनमा बोल्दै उदयपुर क्षेत्र नम्बर २ की सभासद् मञ्जु चौधरी उदयपुरलाई एक नम्बर प्रदेशबाट दुई नम्बर प्रदेशमा सार्न र टुक्र्याउन नदिने स्पष्ट पार्दै उदयपुर अखण्ड रहने दाबी गरिन् । उनले उदयपुरलाई टुत्र्mयाउने वा दुई नम्बर प्रदेशमा राख्ने खेल भए उदयपुर आन्दोलित हुने चेतावनी दिइन् । एमाले सगरमाथा अञ्चल सम्पर्क कमिटीका सचिव अमर राउतले वैज्ञानिक आधारमा तयार पारेको ६ प्रदेशबाट उदयपुर जिल्लालाई अन्यत्र लगे वा टुक्र्याए नेताहरूले ठूलो चुनौतीको सामाना गर्नुपर्ने चेतावनी दिए ।

नेपाली कांग्रेस उदयपुर–काठमाडौं सम्पर्क समितिका सभापति एलबी कार्कीले महाभारत र चुरेको बीचमा रहेको उदयपुरलाई खण्डित गर्ने योजना उदयपुरे जनताको भावनाविपरीत हुने भन्दै आफूहरूलाई एक नम्बर प्रदेशमा राखिएकोमै जनता खुसी रहेको बताए ।

नेकपा एमाले उदयपुर काठमाडौं सम्पर्क मञ्चका सीताराम अधिकारीले आफूहरूलाई एक नम्बर प्रदेशबाट टुक्र्याएर अन्य कुनै क्षेत्रमा राख्ने दुष्प्रयास नहोस् भन्ने चेतावनी दिँदै त्यस्तो गरिएमा उदयपुरे जनताले एक जुट भएर प्रतिवाद गर्ने चेतावनी दिए । एनेकपा माओवादी उदयपुर काठमाडौं गणतान्त्रिक सम्पर्क मञ्चका मेघबहादुर राउतले उदयपुरे जनताको मनोभावनाविपरीत हुने कुनै पनि नक्सांकन आफूहरूलाई मान्य नहुने स्पष्ट पार्दै कसैको स्वार्थ पूरा गर्न उदयपुरलाई टुक्राउन खोजे त्यसको नतिजा ठीक नहुने चेतावनी दिए । नेपाली कांग्रेस उदयपुर जिल्ला सदस्य खगेन्द्र राईले उदयपुरलाई एक नम्बर प्रदेशमा राख्दा आफूहरू हर्षित भएको भन्दै टुक्र्याए वा अन्य प्रदेशमा मिलाए कुनै पनि हालतमा नस्विकार्ने बताए ।

प्रतिक्रिया