ताप्लेजुङ, २ भदौ । ताप्लेजुङका ग्रामीण भेगमा सुधारिएको चुलोेको प्रयोग बढ्दै गएको छ । दाउराको कम उपयोग हुने धुवाँरहित चुलोेको प्रयोगमा महिलाहरू आकर्षित भएका हुन् । सुधारिएको चुलोे निर्माणलाई तीव्र बनाउन वातावरण संरक्षण तथा विकास मञ्च ताप्लेजुङद्वारा सञ्चालित वायोमास कार्यक्रमले सहजीकरण गरिरहेको छ ।
घरभित्र धुवाँमा कामगर्दा महिलाहरूलाई विभिन्न स्वास्थ्य समस्याले सताउने गरेकोले उनीहरूको स्वास्थ्यमा सुधार गर्नलाई वायोमास कार्यक्रमले सहयोग गर्दै आएको कार्यक्रमका सामाजिक परिचालक आइतराज मंरातीले जानकारी दिए ।
सुधारिएको चुलो निर्माण भएपछि गृहिणी तथा बालबालिकाहरू भने आँखा पोल्ने र धुवाँबाट लाग्ने अन्य रोगबाट मुक्त भएका छन् । चुलो निर्माण भएसँगै वृद्धवृद्धादेखि लिएर बालबच्चाको स्वास्थ्यमा समेत सुधार आएको प्रयोगकर्ताहरू बताउँछन् । चुलोे निर्माणले खाना बनाउनका साथै लामो समयसम्म भान्सामा बस्नलाई सहज भएको ताप्लेजुङ फुरुम्बुका सुधारिएको चुलोे प्रयोगकर्ता रीताकुमारी लिम्बूले बताइन् । ‘धुँवाका कारण घरभित्र बस्न नै असहज हुन्थ्यो, बालबालिकाहरू आँखा मिच्दै पढ्थे, धुवाँले आँखामा विभिन्न किसिमका समस्या हुने गथ्र्यो तर सुधारिएको चुलोे निर्माण भएपछि यो समस्या छैन’ लिम्बूले बताइन् ।
ताप्लेजुङ जिल्लाभर १४ हजार बढी घरमा सुधारिएको चुलो निर्माण गरिएको वायोमास कार्यक्रमको तथ्यांक छ । घरेलु कच्चा पदार्थबाटै निर्माण गर्न सकिने र लागतको दृष्टिले पनि सहज हुने भएकोले सामान्य आर्थिक अवस्थाका परिवारका लागि पनि यो चुलोे उपयुक्त हुने सामाजिक परिचालक मंरातिको भनाइ छ ।
अहिलेसम्म जिल्लाका फुरुम्बु, चाँगे, साँघु र सादेवासहित ४ गाविस धुवाँमुक्त भएका छन् । अन्य गाविसलाई पनि घरभित्रको धुवाँमुक्त बनाउने अभियानलाई तीव्रता दिइएको र तालिमहरूको आयोजना गरिँदै आएको छ । जिल्लाका फावाखोला, साँवा, थुकिमा, थेचम्बु लागायतका गाविसहरू धुवाँमुक्त घोषणाको अन्तिम तयारीमा रहेका छन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको मुख्य सहयोग तथा नाम्सालिङ सामुदायिक विकास केन्द्र ९ल्ऋम्ऋ०इलाम र जिल्ला विकास समिति ताप्लेजुङको आर्थिक सहयोगमा वातावरण संरक्षण तथा विकास मञ्च वायोमास कार्यक्रमको आयोजनामा कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।
ताप्लेजुङ जिल्लालाई सन् ०१६ भित्रमा घरभित्रको धुवाँमुक्त गरिसक्ने अभियान रहेको छ । यो अभियानलाई सफल पार्न तथा वनजंगलको संरक्षण गर्न र स्वास्थ्य जीवनयापनका लागि सुधारिएको चुलोे प्रयोग गर्नु राम्रो हुन्छ ।
प्रतिक्रिया