इटहरीलाई बन्दमुक्त बनाउने तयारी

मोरङ, २ भदौ । कहिले हिन्दूका नाममा त कहिले लिम्बूवानका नाममा गरिने बन्दले आजित भएका इटहरीबासी अब बन्द सधैँको लागि बन्द गर्ने तरखरमा जुटेका छन् । बन्द हडतालका कारण व्यापार व्यवसाय चौपट बनेको भन्दै इटहरीका व्यापारीहरू र उद्योग वाणिज्य संघको सहकार्यमा आप्mनो क्षेत्रलाई बन्दमुक्त बनाउने तयारीमा जुटेका हुन् ।

मंगलबार इटहरीस्थित उद्योग वाणिज्य संघको भवनमा सम्पन्न औपचारिक छलफल कार्यक्रमबाट इटहरीलाई सदाका लागि बन्दमुक्त बनाइने निष्कर्ष निस्किएपछि यस्तो अभियान थालनी भएको हो । लगातारको बन्दका कारण इटहरी क्षेत्रमा मात्रै १५ करोडको व्यापार घाटा भएको जनाउँदै व्यापारीले बन्दलाई सदाका लागि बन्द गरी निर्वाध ढंगबाट व्यवसाय गर्न पाउनुपर्ने धारणा राखेका छन् । बन्दबाट हैरान भएका व्यापारीले जुनसुकै पार्टीले आयोजना गरेको बन्दलाई सोभैm अवज्ञा गर्न नसकिने तर उद्योग वाणिज्य संघले साथ दिए प्रतिकारमा उत्रने बताएका छन् ।

इटहरीलगायत कोसी क्षेत्रमा रहेका सम्पूर्ण राजनीतिक दलका प्रतिनीधि, एवं नेताहरूसँग समन्वय गरी पूर्वको केन्द्र इटहरीलाई सदाका लागि बन्दमुक्त बनाउन व्यापक छलफल कार्यक्रम अघि बढाइने उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष रोहित प्रसार्इंले बताए । सकेसम्म सहमतिबाटै इटहरीलाई बन्दमुक्त बनाइने अन्यथा जुनसुकै पार्टीले आह्वान गरेको बन्दलाई सोभैm प्रतिकार गरी सडकमा उत्रने अध्यक्ष प्रसाईंले छलफलमा बताए ।

छलफलपश्चात् व्यापारीलगायत उद्योग वाणिज्य संघका पदाधिकारीले मंगलबार नै इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ओमप्रसाद अधिकारीसमक्ष व्यापारीलाई सुरक्षा प्रदान गर्न माग गरिएको छ । डिएसपी अधिकारीले पनि आपूm व्यापारीको सुरक्षाका लागि रात दिन एक गर्ने बताएपछि व्यापारीहरूले मंगलबारबाट निर्वाधरूपमा आआप्mनो व्यापार व्यवसाय सञ्चालन गरेका छन् ।

उद्योग वाणिज्य संघ इटहरीका पदाधिकारीहरू र व्यापारीहरूको समूहले बन्द गर्न पाइँदैन जस्ता नारा लगाउँदै मोटरसाइकल ¥याली गरेका थिए । यता संविधानको प्रारम्भिक मस्यौदाविरुद्ध मधेसी मोर्चासहित अन्य दलहरूले आह्वान गरेको नेपाल बन्दको पूर्वमा आंशिक प्रभाव परेको देखिएको छ । पूर्वको केन्द्र इटहरी हुँदै मोरङ, झापा, इलाम, पाँचथरलगायत पहाडी भेगहरूमा निर्वाध रूपमा सवारीसाधनहरू सञ्चालनमा आएका थिए भने व्यापार व्यवसाय पनि मंगलबार बिहानैदेखि स्वतःस्फूर्त रूपमा सञ्चालन भइरहेका थिए ।

प्रतिक्रिया