महोत्तरी, २ भदौ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली जनताको अधिकारको लागि फेरि जनयुद्ध गर्न तयार रहेको बताएका छन् । सहिद रामवृक्ष यादवको २१औँ स्मृति सभालाई सम्बोधन गर्न महोत्तरीको बर्दिवास आएका महासचिव विप्लवले, नेकपा माओवादीसँग भएको १२ बुँदे सहमति र रोल्पामा भएको ५ बुँदे सहमति पूरा नभए अर्को जनयुद्धमा जान आपूmहरू बाध्य हुने चेतावनी दिए ।
प्रचण्ड र बाबुरामलाई अन्तरघातीको संज्ञा दिँदै विप्लवले प्रचण्ड र बाबुरामले जनतालाई दिएको धोका माओवादीको भनएको प्रष्ट पारे । उनले भने, माओवादीले नेपाली जनताको मुक्तिका लागि गरेको गरेको आन्दोलन खेर जाँदैन । विप्लवले वर्गमुक्त समाज निर्माणका लागि सम्पूर्ण इमानदार कम्युनिस्टहरू एकजुट हुन आग्रह गरे ।
विप्लवले सात दलले माओवादीसँग गरेको सहमति पूरा गरे शान्तिपूर्वक राजनीतिमा आउन आपूm तयार रहेको बताए । अहिलेको संविधानसभाले जनताको संविधान दिन नसक्ने दाबी गर्दै उनले यस संविधानसभाले ल्याएको संविधान ल्याएकै दिन अर्को संविधान घोषणा गरेर जनसत्ता चलाउने चेतावनी दिएका छन् ।
उनले प्रचण्ड र बाबुरामले सहर छिरेर माओवादी आन्दोलनको मर्मलाई बिर्सेर सहिदको सपना तुहाएको बताउँदै सहिद परिवारको पीडा र हजाराँै सहिदको बलिदानलाई सम्मान गर्दै अन्तिम समयसम्म संघर्ष गर्ने बताए ।
प्रचण्ड र बाबुरामलाई चेपेर माओवादीलाई निर्मुल पारेको सपना देख्ने कमिसनखोरविरुद्ध चुप लागेर नबस्ने विप्लवले उद्घोष गरेका छन् । उनले भने चुप लागेर मासिनुभन्दा संघर्ष गरेर जाने हो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपा (माओवादी) प्रवेश गर्ने नव प्रवेशीलाई विप्लवले टीका लगाएर स्वागत गरेका थिए । कार्यक्रममा असारे काका, चित्रबहादुर आलेलगायतले मन्तव्य राख्दै स्व. रामवृक्ष यादवको राजनीतिक जीवन र योगदानको बारेमा चर्चा गरेका थिए ।
प्रतिक्रिया