काठमाडौं । पाठ्यपुस्तक छपाइमा निजी क्षेत्रलाई समावेस गराउँदा पनि सुधार नभएको भन्दै मन्त्री स्तरीय निर्णयले मुद्रणमा एकद्वार प्रणाली लागू गरिएपछि नेपाल मुद्रण उद्योग महासंघले अपत्ति जनाएको छ । जनक शिक्षाले मात्रै पाठ्यपुस्ट प्रकाशन गर्दा देशभर हाहाकार भएपछि ०६४ सालदेखि यो कार्यमा नीति क्षेलाई पनि संलग्न गराइएको हो ।
महासंघले देशभरका मुद्रण व्यवसायीले यस क्षेत्रमा लगानी बृद्धि गरी आप्mनो क्षमता विकास गरेको अवस्थामा मन्त्रीस्तरीय निर्णयले एकद्वार प्रणाली लागू गरिए आफूहरू मारमा पर्ने जनाएको छ । महासंघले नीजी क्षेत्रले मुद्रण तथा बिक्री–वितरण अनुमति पाएका कुनै पनि कक्षाका कितावहरू कही पनि अभाव नरहेको दाबी गरेका छन् ।
महासंघले तोकिएको गुणस्तर र मापदण्ड विपरित पाठ्यपुस्तकको उत्पादन गर्ने कुनै पनि समूहलाई कडा कारवाही गर्नुपर्ने माग गर्दै एउटा व्यवसायीले गरेको दुष्कार्यको भागिदार सम्पूर्ण नीजि क्षेत्रलाई बनाउन नहुने माग गरेका छ ।
महासंघले साझा प्रकाशन सहकारी ऐन २०४८ अनुसार सञ्चालित स्वायत्त संस्था भएको जिकिर गर्दै साझालाई मात्र विशेष संरक्षण गरिनु गलत भएको समेत ठहर गरेको छ । महासंघले सबै पाठ्यपुस्तक हरेक क्षेत्रमा छपाइ तथा वितरण गर्नेकार्य खुल्ला गर्न माग गरेको छ । (सौस)
प्रतिक्रिया