पर्यटन प्रवद्र्धन गर्न अमेरिकामा कन्सर्ट

konsartकाठमाडौं । नेपाली रक ब्यान्ड अल्बट्रसले अमेरिकामा सांगीतिक कन्सर्ट गर्ने भएको छ । आफ्नो एल्बम ‘म र मलाई’ को प्रवद्र्धनका लागि दुई महिना लामो कन्सर्टको सिलसिलामा अगस्टको पहिलो हप्ता अमेरिका प्रस्थान गर्न लागेको हो ।

ब्यान्डका भोकलिस्ट÷रिदम सिरिस डली, लिड गिटारिस्ट सन्चा भक्स (सन्नी मानन्धर), बेस अभयसिद्धि बज्राचार्य र ड्रमर किस्मत डी श्रेष्ठले यसअघि अस्ट्रेलिया, संयुक्त अधिराज्य, बंगलादेश, भारतलगायत स्थानमा कन्सर्ट गरिसकेका छन् । व्यान्डका अनुसार उनीहरूले न्युयोर्क, बोस्टन, सिकागो, डेन्भर, डायलस, अस्टिन, वासिंटन डिसी, मिनेसोटा, लसएन्जलस, सैन फ्रेन्सिस्कोलगायत विभिन्न एक दर्जनभन्दा बढी सहरमा कन्सर्ट गर्नेछन् ।
ब्यान्डले अमेरिकाको बसाइमा हालैको महाभूकम्पबाट प्रभावित नेपाल अब सुरक्षित पर्यटकीय गन्तव्यमा परिणत हुँदै गएको सन्देश प्रवाह गर्ने उद्देश्य रहेको पनि बताइएको छ ।

प्रतिक्रिया