नयाँ शक्तिको गोलचक्कर र चारखम्बे विदेशनीति

agnipunjaनयाँ नेपालको बहस छेडिएको झन्डै एक दशकपछि गत वर्ष नयाँ शक्तिको बहस छेडियो । बहसकर्ता थिए–एमाओवादीका विद्वान् नेता डा. बाबुराम भट्टराई । नयाँ नेपालको बहस र उपलब्धि कहाँ पुग्यो भन्नेबारेको उचित समीक्षाबिनै सुरु गरिएको नयाँ शक्तिको बहस एक वर्षको अन्तरालमा रानु हराएको माहुरी जस्तै बन्न पुग्यो । तर, फेरि एकपटक उनी कुर्लंदैछन् कि सत्यदेवीको लास बोकेर कहीँ पुगिँदैन, नयाँ शक्तिको उदय अवश्यम्भावी छ भनेर । यसको पछाडि साँच्चै नै नयाँ शक्तिको निर्माण गर्ने ध्येय लुकेको हो वा पुनर्निर्माण प्राधिकरणको अध्यक्ष बन्न नपाएको सनकको पर्दाफास, त्यो भने समयले देखाउने नै छ ।

नयाँ शक्तिका तीन मुख्य खम्बा
नयाँ शक्ति, नयाँ दर्शन तथा राजनीतिशास्त्र, नयाँ अर्थशास्त्र र नयाँ संगठनात्मक सिद्धान्तबिना अपूरो हुन्छ । डा. भट्टराईले उठान गरेको यो बहसमा यी तीन कुराको स्पष्ट व्याख्या पाइँदैन । दर्शनशास्त्र कस्तो हुने ? इतिहास र वर्तमानमा प्रयोग भइसकेका र अभ्यासमा आएका पुरानै दर्शनको मान्यतामा आधारित शक्तिलार्ई नयाँ भन्ने कि नभन्ने ? जस्ता प्रश्नको जवाफ प्रस्ट रूपमा खोजिएको देखिँदैन ।
‘सिटी तथा नेसन स्टेट’ निर्माणको चरणदेखि नै विभिन्न रूपमा अभ्यासमा आएको यथार्थवाद र समयक्रममा विपरीत धारको रूपमा उदाएको उदारवादको मूलभूत मान्यतामा आधारित शक्ति नेपालका लागि नयाँ हुने देखिँदैन । पुरानै कुराको भिन्न व्याख्याले नयाँ भन्ने औकात राख्दैन ।
यथार्थवाद, उदारवाद र माक्र्सवाद तीन मूल राजनीतिक दर्शनबाहिर नपुगी नेपालमा दर्शनको हिसाबले नयाँ शक्ति भनी दाबी गर्न मिल्दैन । राजनीतिक शक्ति विन्यास र पात्रहरूको अदल–बदललार्ई मात्र नयाँ शक्ति भन्ने गल्ती कदापि पनि गर्नु हँदैन ।
डा. भट्टराईले माक्र्सवादलार्ई युग सुहाउँदो व्याख्या गरिनुपर्छ भन्छन् । तर, वैज्ञानिक रूपमै पदार्थ प्रधानको सट्टा गतिप्रधानको जमाना आएको एक शताब्दीपछि पनि ‘पदार्थ प्रधान’ को नयाँ व्याख्या गरेको पाइँदैन ।
सन् १९०५ मा अल्बर्ट आइन्सटाइनले इलेक्ट्रोनको बाहिरी कक्षमा हुने गतिशीलता पत्ता लगाएसँगै पदार्थ प्रधान भन्ने तर्कको ठाउँ गतिप्रधानले लिइसकेको थियो । स्मरण रहोस्, त्योभन्दा पहिले पदार्थको सबैभन्दा सानो इकाई एटम हो भन्ने विश्वास थियो र यसैको जगमा टेकेर कार्लमाक्र्सले पदार्थ प्रधान भनेका हुन् । यसरी नयाँ विज्ञानको जगमा माक्र्सवादको युग सुहाउँदो व्याख्या नगरी दार्शनिक रूपमा नयाँ शक्तिको वकालत अर्थपूर्ण हँदैन ।
नयाँ शक्तिको दोस्रो खम्बा भनेको संगठन, यसको संरचना र संगठनात्मक सिद्धान्त हो । सामूहिक नेतृत्व वा एकल, व्यक्ति वा संगठनप्रधान भन्ने कुराको व्यावहारिक विरोधाभास, जनवाद र केन्द्रीयताबीचको सन्तुलनको नीति र सांगठानिक सिद्धान्तको आधुनिकीकरण जस्ता विषयको पुनव्र्याख्या नगरी नयाँ शक्तिको मात्र कुरा गर्नु पदको सौदावाजीबाहेक अर्को हँुदैन । नेतृत्वको सवालमा, कार्यकर्ताको सवालमा र आम सर्वसाधारण जनताको सवालमा गरी तीन तहको संगठनको निर्माण अर्को महत्वपूर्ण विषय हो ।
नयाँ शक्तिको अन्तिम खम्बाको रूपमा अर्थशास्त्रलार्ई लिन सकिन्छ । राजनीतिले अर्थतन्त्रलार्ई चलाउने र अर्थतन्त्रले राजनीतिलार्ई आकार प्रदान गर्ने भएकाले आर्थिक अवधारणा र नीतिबिना राजनीति अपूर्ण बन्न जान्छ भने राजनीतिबिना अर्थतन्त्र आकारहीन बन्नपुग्छ । दोस्रो विश्वयुद्धपछि स्थापित अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व व्यापार संगठन र विश्वबैंकको प्रस्ताव अन्तर्राष्ट्रिय राजनीतिक तहबाट आएको थियो । यी अन्तर्राष्ट्रिय आर्थिक संस्थाको स्थापनापछि अन्तर्राष्ट्रिय राजनीति उदारवादी अर्थतन्त्रको विश्वव्यापीकरणमा निकै रफ्तारमा अघि बढ्यो । यसले अर्थतन्त्र र राजनीतिबीचको अन्तर्सम्बन्धलार्ई प्रस्ट पार्दछ । त्यसैले नयाँ आर्थिक सिद्धान्त र अर्थतन्त्रको विकासको अवधारणाबिना नयाँ शक्तिको बहस सान्दर्भिक हुँदैन ।
एसियालीकेन्द्र र नेपाल
सन् २०१४ को अन्त्यतिर महाशक्तिराष्ट्र अमेरिका अर्थतन्त्रमा चीनभन्दा पछि प¥यो । मानवीय विकास सूचकांक र वार्षिक प्रतिव्यक्ति आयमा निकै पछि रहे पनि विशेषगरी समग्र विकास उत्पादन र क्रयशक्तिको आधारमा चीनले अर्थतन्त्रमा अमेरिकालार्ई पछि पा-यो । जापानलार्ई पछि पार्दै भारत पनि तेस्रो स्थानमा देखियो । यो कुरा एसिया विश्वराजनीतिक केन्द्रबिन्दुको रूपमा उदाएको स्पष्ट संकेत हो । अबको विश्वराजनीति पश्चिमा शक्तिको मन्द पतन र एसियाली जगतको तीव्र उत्थानकै वरिपरि घुम्ने भनी राजनीतिक पण्डितहरूले गरेको प्रक्षेपणको यो पुनर्पुष्टि हो ।
एसियाली अति कम विकसित तथा विकासशील राष्ट्रको विकासमा सहयोग गर्ने भनेर विश्व बैंकको ‘काउन्टर’ को रूपमा स्थापना गरिएको भनी ठानिएको एसियाली पूर्वाधार लगानी बैंकसँग नेपालले कसरी डिल गर्ने भन्ने कुरा अर्को महत्वपूर्ण विषय हो । चीनको अगुवाइ रहेको नयाँ उदियमान बैंकमा विश्वका ५० राष्ट्र गत जुन २९ मा विधिवत् रूपमा यसका संस्थापक सदस्य बन्न पुगे । अमेरिकी खेमाका धेरै मुलुक सदस्य नबन्न उसले दिएको चुनौतीविपरीत उक्त नयाँ बैंकको सदस्य बन्न पुगे । यसरी विश्वको लगानी एसियामा जम्मा हुने अबको समयमा नेपालले यसबाट कसरी फाइदा लिने भन्नेबारे राष्ट्रिय रणनीति बनाउन सकिएन र सोहीअनुसार अघि बढ्न सकिएन भने पछुताउनुपर्ने क्रमको निरन्तरता मात्रै हुनेछ र एसियाली केन्द्रमा नेपाल अवसरको हिसाबले परिधितिर धकेलिनेछ ।
चारखम्बे विदेशनीतिको उदय
सन् १९५० को दशकमा भारतीय तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले भनेका थिए, ‘नेपालको उत्तरी हिमालय शृंखला नै भारतको रणनीतिक सिमाना हो र उक्त सिमाना काटेर अर्को कुनै पनि मुलुकको सेना प्रवेश गरेमा त्यो भारतीय सीमा नाँघेर अघि बढेको भनी ठानिनेछ ।’
त्यसको जवाफमा चिनियाँ पक्षबाट बोलियो, ‘चीनका लागि तिब्बत हत्केला हो र सिक्किम, अरुणाञ्चल प्रदेश, भुटान र लदाखसँगै नेपाल सोही हत्केलाका पाँच भिन्न औँला हुन् ।’
माथिका दुई विपरीत अभिव्यक्तिले नेपालको भू–राजनीतिक अवस्थाको संवेदनशीलतालार्ई प्रस्ट पार्दछ । पृथ्वीनारायण शाहको शदुई ढुंगाबीचको तरुल’ भन्ने कुराले त्यतिबेलाको नेपालको विदेशनीतिलार्ई झल्काउँछ । त्यसको आशय दुई ठूला शक्तिराष्ट्रसँग जोरी नखोजिकनै नेपालले आफ्नो सार्वभौमिकताको रक्षा गर्नुपर्ने भन्ने नै हो ।
अहिले त चीन र भारत मात्र होइन, पश्चिमा शक्ति र अति कम विकसित राष्ट्रहरूसँगको नेपालको विदेशनीति के हुने भन्ने कुरासमेत केन्द्रीय प्राथमिकताको विषय बन्न पुगेको छ । चालु शताब्दीमा नेपाललार्ई अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा सशक्त तरिकाले उभ्याउन नेपालको संविधानमा उल्लिखित विदेशनीति विल्कुल पुरानो र अव्यावहारिक छ । बीसौँ शताब्दीको मध्यतिरका संयुक्त राष्ट्रसंघीय बडापत्र, असंलग्न, पञ्चशील, अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारका सामान्य कुरा समेटेको नेपालको विदेशनीतिले चीन, भारत, पश्चिमा शक्ति र अति कम विकसित मुलुकहरूको चासोलार्ई सन्तुलनमा राख्न असफल भइरहेकाले अब नयाँ ढंगले सोच्नु अनिवार्य छ ।
नेपाललार्ई सबैभन्दा बढी प्रभाव पार्ने छिमेकी मुलुक भारत र चीन, नेपालमा विशेष चासो राख्ने युरो–अमेरिकी क्षेत्र तथा नेपाल स्वयं अध्यक्ष रहेको अति कम विकसित राष्ट्र लक्षित चारखम्बे विदेशनीति नै एक्काईसौँ शताब्दीको सबैभन्दा व्यावहारिक र वैज्ञानिक विदेशनीति हुनेछ । यसखाले विदेशनीतिको विकासबिना नेपाललार्ई अघि बढ्न कठिन हुने यथार्थविपरीत उही पुरानै विदेशनीतिका संक्षिप्त बुँदाहरूको आवरणभित्र रहेर नयाँ शक्तिको बहस गर्नु विल्कुल हास्यास्पद कुरा हो ।
आफ्नो स्वार्थमा आउने खतरा अन्त्य हँदा नयाँ शक्तिको बहस स्वतः अन्त्य गर्ने र पार्टी अध्यक्षबाट आफ्नो स्वार्थमा हमला हँदा नयाँ शक्तिको बहसको नाममा घुर्की देखाउने बाबुरामको नयाँ शक्ति एउटा अनौठो खाले गोलचक्करमा फसेको छ । नयाँ शक्ति बारेको बहस सुन्दा कतिपयलार्ई प्रिय लाग्न सक्ला तर माथि उल्लिखित सम्पूर्ण विषयबस्तुको उचित जवाफ नखोजिकनै गरिने सतही र उरन्ठेउले बहस व्यर्थ, समयको बर्बादी र अर्थहीनबाहेक अर्को हुने देखिँदैन ।

(लेखक त्रिभुवन विश्वविद्यालय, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विभागका विद्यार्थी हुन् ।)

प्रतिक्रिया