सदस्यसचिवलाई तेक्वान्दोको स्वागत

para-sammanकाठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव केशवकुमार विष्ट र परिषद्का पदाधिकारीहरूलाई बुधबार सातदोबाटोस्थित तेक्वान्दो एकडेमिमा स्वागत ग¥यो । उक्त अवसरमा तेक्वान्दोका वरिष्ठ प्रशिक्षक अर्जुन विकले तेक्वान्दो इतिहासका साथै तेक्वान्दोका उपलब्धिका बारेमा जानकारी प्रदान गरेका थिए ।
सो अवसरमा बोल्दै सदस्यसचिव विष्टले खेलकुदलाई एकबद्ध बनाउनुपर्ने भन्दै विश्वका शक्तिशाली राष्ट्रलाई पराजित गर्न सक्ने एकमात्र शक्ति खेलकुद भएकाले यसलाई सम्मानित, गरिमामय र मर्यादित बनाउनुपर्नेमा जोड दिए । खेलकुद भनेको आफ्नो पसिना बगाएर जीवन बिताएका खेलाडीहरूको हो भन्दै एकै प्रकृतिका खेल संघहरूलाई एकै छातामुनि ल्याउनुपर्ने बताए । उनले राजनीतिक आस्थाका आधारमा कसैलाई काखा र कसैलाई पाखा नगर्ने भन्दै त्यसको लागि सबै विश्वस्त हुन आग्रह गरे ।
महासचिव दीपराज गुरुङले खेलकुदमा देखिएको विकृति र विसंगतिलाई हटाउनसके मात्र सदस्य सचिवको स्वर्ण युग साकार हुने बताए ।
महासचिव गुरुङले तेक्वान्दोले नेपाली खेलकुदमा सबैभन्दा महत्वपूर्ण उपलब्धि दिलाए पनि राज्यले यस खेललाई नजर अन्दाज गरेको गुनासो गरे ।
यसैबिच बुधबार आयोजित कार्यक्रममा अखिल नेपाल फुटबल संघका अधीकारीहरूले पनि सदस्यसचिव विष्टसँग भेट गरेका छन् । (सौस)

प्रतिक्रिया