व्यावसायिक प्रतिस्पर्धामा रणनीति व्यवस्थापन

risab-gautamव्यवसाय सानो होस् अथवा राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा फैलिएको बहुराष्ट्रिय कम्पनी किन नहोस् आजको युगमा लक्षित उद्देश्य हासिल गर्नका लागि वस्तु, समय, प्रतिस्पर्धी र उपभोक्ताका आवश्यकतालार्ई ध्यानमा राखेर रणनीतिक ढंगले अघि बढ्नैपर्ने भएको छ । विश्वव्यापीकरण र बहुराष्ट्रिय कम्पनीहरूको संसारभर सघन विस्तारले आज व्यावसायिक चुनौती थपिँदै गएका छन् । संसारको जुनसुकै स्थानमा उत्पादित वस्तु तथा सेवा अन्य कुनै पनि स्थानमा उपलब्ध हुने स्थिति सिर्जना भएको छ । खासगरी सञ्चार क्षेत्रमा भएको विकासले व्यावसायिक क्षेत्रमा सम्भावना र चुनौती दुवैलार्ई एकैसाथ निम्त्याएको देखिन्छ । त्यति मात्र नभई विश्व समुदायका देशहरूबीच व्यावसायिक अन्तरनिर्भरताले आर्थिक, राजनीतिक र सांस्कृतिक सबैखाले वातावरणलार्ई प्रत्यक्ष प्रभाव पार्दै लगेको छ । यसरी व्यावसायिक सफलताका निम्ति फेस गर्नुपर्ने आर्थिक, राजनीतिक, सांस्कृतिक तथा कानुनी वातावरणमा विश्वव्यापीकरणको कारण क्रमिक रूपमा परिवर्तनहरू देखा पर्दैछ । जस्तो नेपालमा उत्पादित वस्तु तथा सेवाले स्वदेशमै पनि खासै बजार नपाउनुमा विश्वव्यापीकरणका कारण भित्रिएको नयाँ खालको संस्कृति, लवाइ–खवाइ तथा मनोविज्ञानले काम गरेको देखिन्छ । त्यसले गर्दा नेपाली व्यावसायीले विश्व अर्थव्यवस्थामा चुनौतीका रूपमा उदाएका यी अनगिन्ती परिवर्तनलार्ई बेलैमा ध्यान पु¥याएर रणनीतिक ढंगले बजारमा प्रवेश गर्नुपर्ने आवश्यकता खड्किएको देखिन्छ ।
प्रतिस्पर्धात्मक बजारमा आफूले के गर्दैछु भन्ने अरूलार्ई सधैँ चासो हुने गर्छ । बजारमा जानुअघि आफ्ना योजना प्रतिस्पर्धीले थाहा पाए त्यसबेला पछि हट्नुको विकल्प रहँदैन । यदि त्यसो गर्न नसकिए ठूलो नोक्सानी व्यहोर्नुपर्ने स्थिति आउन सक्छ । खुला बजारका नाममा अस्वस्थ प्रतिस्पर्धा चुलिँदै गएको वर्तमान विश्वमा त्यसबाट बच्नका लागि रणनीति निर्माण र कार्यान्वयनको सचेत प्रयत्न अपनाउनैपर्ने हुन्छ । खुला अर्थतन्त्रको आधार भनेको उद्यमशीलता, व्यावसायिकता र सिर्जनशीलता नै हो । तर, नेपालमा समेत खुला बजारको नाममा अनगिन्ती विकृति मौलाउँदै गएका देखिन्छन् । अहिले नेपाली बजारमा ‘कर्पोरेट जासुस’ को विकृति मौलाउनु त्यसैको बलियो उदाहरण हो । अहिले अन्य मुलुकझैँ नेपालमा पनि ‘इन्टरनेट ह्यासिस’ सुरु भइसकेको छ । जस्तो अहिले मिडियाकै कुरा गर्ने हो भने पनि कतिपय मिडिया हाउसमा कार्यरत प्रभावशाली तथा पक्कडवालाहरूलार्ई राम्रो सुविधा दिएर अर्काले लाने वा ऊमार्फत प्रतिस्पर्धीको कमजोरी पत्ता लगाउने प्रवृत्ति कायम छ । त्यस्ता कर्मचारीको बहिर्गमनसँगै ग्राहक, पाठक तथा बजारसमेत गुमेको हुन्छ । त्यस्तै सरकारी कार्यालयहरूको कुरा गर्दा पनि नेपालका कतिपय व्यावसायिक घरानाले सरकारी कार्यालयका कर्मचारीमार्फत प्रतिस्पर्धीको गुप्त सूचना संकलन गर्दै आएका पाइन्छन् । त्यसबाट प्रतिस्पर्धी कम्पनीका भावी रणनीति र क्षमता आँकलन गर्दै आएका छन् । बाह्य मुलुकको सन्दर्भमा छिमेकी भारतमा समेत व्यावसायिक दौडमा टिकिरहन विरोधी कम्पनी र ऊसँग सम्बद्ध संस्थाका कर्मचारीलार्ई प्रभावमा पारी सूचना चुहाउँछन् । यसले के प्रस्ट गर्छ भने अहिले विश्वमै प्रतिस्पर्धा यति धेरै चुलिएको छ कि साधारण काम गर्न पनि असाधारण संघर्ष गर्नुपर्ने भएको छ । अझ भनौँ साधारण जीवन जिउन असाधारण संर्घष गर्नुपर्ने भएको छ । जुन नेपालको आन्तरिक वातावरणको मात्रै प्रभाव नभएर अन्तर्राष्ट्रियस्तरमा चुलिएको प्रतिस्पर्धाकै प्रमुख देन हो ।
खासगरी व्यावसाय सञ्चालन गर्ने क्रममा आउने विभिन्न क्रियाकलापको उचित योजना, नीति, कार्ययोजना तथा कार्यक्रमको कुशल या भनौँ जुक्तियुक्त उपयोग नै व्यावसायिक रणनीति हो । ‘अक्सफोर्ड डिक्सनेरी’ ले व्यावसायिक रणनीतिलार्ई दीर्घकालीन योजना अथवा नीति वा युद्धकौशलता भनेर अथ्र्याएको पाइन्छ । जसको अर्थ भनेको अहिलेको अवस्थामा संगठनात्मक सफलताका लागि सिधा अथवा अल्पकालीन हिसाबले क्रियाकलाप गरेर मात्र पुग्दैन, लामो समयका लागि बजार, वस्तु, साधन बाँडफाँड, कामदारको प्रयोग, वस्तु विकास तथा वितरण जस्ता क्रियाकलापलार्ई वातावरणीय परिवर्तनअनुरूप अघि बढाउन आवश्यक हुन्छ भन्ने हो । व्यवसायको सवलता तथा दुर्बलता पहिचान गरी बजारमा दीर्घकालसम्म टिकिरहन र अधिकतम कुशलताका लागि प्रतिस्पर्धात्मक लाभ आर्जन गर्न बनाइने जुक्ति नै रणनीति हो । र, अहिलेको २१ औँ शताब्दीको सन्दर्भमा रणनीति अनिवार्य नै भइसकेको छ । तर, नेपालमा भने कुशल रणनीति अख्तियार गरेर अघि बढ्ने चलन खासै चल्न सकेको देखिँदैन ।
रणनीति पनि विश्वव्यापी व्यावसायिक वातावरणलार्ई मध्यनजर गर्दै निर्माण गर्नुपर्ने हुन्छ । जुन झनै गहन विषय त हुने नै भयो । यद्यपि नेपालमा केही संघ संगठनले रणनीतिक व्यवस्थापनलार्ई अनुसरण नगरेका भने होइनन् । जस्तो चौधरी गु्रपले नेपालमा गणतन्त्र आइसकेपछि र संघीयतामा देश जाने निश्चित प्रायः भइसकेपछि वाईवाई चाउचाउको विज्ञापन प्रवद्र्धनमा हिमाल, पहाड, तराई जताततै वाईवाई भनेर सबैलार्ई समेट्न खोजेको देखिन्छ । त्यो उसको रणनीति हो । त्यस्तै अरू केहीले पनि परिस्थितिलार्ई मध्यनजर गर्दै रणनीति विकास गर्दै आएका छन् । यसर्थ, नेपालमा व्यावसायिक क्षेत्रमा रणनीति कार्यान्वयनको सुरुवात त भएको छ तर त्यो जति घनिभूत मात्रामा हुनुपर्ने हो त्यो चाहिँ भएको छैन । नेपालका उद्यमी व्यवसायीले निर्यात व्यापारलार्ई प्रवद्र्धन गर्न विश्वसामु चर्चामा रहेको सगरमाथा, लुम्बिनी जस्ता स्थलको परिचय झल्कने हिसाबले उत्पादित वस्तु तथा सेवाको विज्ञापन गरेर अघि बढ्ने रणनीति अख्तियार गर्न सक्छन् । अन्तर्राष्ट्रिय बजारका लागि मात्र नभई घरेलु बजारमा समेत प्रतिस्पर्धीहरूद्वारा उत्पादित वस्तु तथा सेवाभन्दा आफना वस्तुको बजार हिस्सा कब्जा गर्ने रणनीति निर्माण गरेर अघि बढ्न सक्छन् । त्यसका निम्ति ग्राहकका चाहना, राष्ट्रिय अन्तर्राष्ट्रिय वातावरण, प्रतिस्पर्धीको सवलता तथा दुर्बलतालगायतका यावत् पक्षको सुक्ष्म अध्ययन अनुसन्धान गरेर अरूलार्ई जित्ने किसिमले रणनीति अख्तियार गर्न सकिन्छ । जस्तो चीनमा सन् १९७० को दशकबाट देङ स्याओ पिङले रणनीतिक आर्थिक विकासको प्रारम्भ गरे । त्यसयता चीनले निकै ठूलो प्रगति गरिसकेको छ ।
विश्वमा सबैभन्दा बढी बहुराष्ट्रिय कम्पनीहरू हाल चीनमै छन् । विश्वका जुनसुकै कुनामा चीनले उत्पादन गरेका सामान प्रयोगमा आइरहेका छन् । पछिल्लो समय विश्वका विकासोन्मुख देशमा एक सयभन्दा बढी प्रमुख जलविद्युत् परियोजनामा चीनका अधिकतम वित्तीय तथा व्यापारिक संस्था संलग्न छन् । ती कम्पनी निकै विशाल आकारका छन् । त्यसको ज्वलन्त उदाहरणको रूपमा ‘सिनो हाइड्रोपावर’ कम्पनीलार्ई लिन सकिन्छ । जुन संसारकै सबैभन्दा ठूलो जलविद्युत् कम्पनी हो र यसले विश्वभर ५९ शाखा विस्तार गरिसकेको भनिन्छ । हाल नेपालमै पनि सिनो हाइड्रोपावरले लगानी अघि बढाइरहेको छ । विश्वभर जलविद्युत् र बाँध निर्माणका लागि चीनले गरेको इन्जिनियरिङ कौशलता प्रदर्शनको रणनीतिक उद्देश्य नाफा कमाउने र कुटनीतिक प्रभावको विस्तार गर्ने देखिन्छ । यसलार्ई चीनको मजबुत रणनीतिको रूपमा अवश्य लिन सकिन्छ ।
यी प्रगति वास्तवमा चीनको रणनीतिक कौशलताका कारण नै भएको हो । चीनले नेपालको बजारका लागि पठाउने सामान बनाउँदासमेत यहाँको जनताका आर्थिक हैसियतलार्ई तथा समग्र बजार तत्वलार्ई ध्यान दिँदै आएको देखिन्छ । त्यस्तै अमेरिका तथा युरोप जस्ता धनाढ््य मुलुकहरूका लागि तिनका सबै पक्षको अध्ययन गरेर उपयुक्त हुनेगरी वस्तु विकास गर्ने रणनीति अख्तियार गर्दै आएको छ । जसले गर्दा चीन विकास र सम्पन्नताको दृष्टिले विश्वमा दोस्रो स्थानमा आउन सफल पनि भइसकेको छ । चीनको रणनीतिक विकासको प्रभाव हेर्दा विश्वका १० ठूला पुलमध्ये सातवटा चीनमै अवस्थित छन् । उसको सबैभन्दा लामो पुलको लम्बाई ४२ किमिसम्म रहेको समाचार चिनियाँ लार्जेस समाचार संस्था बेइजिङ रिभ्युले केहीपहिले प्रकाशितसमेत गरेको थियो । त्यस्तै २७ हजार मेगावाट क्षमतासम्मको एउटै जलविद्युत् आयोजना चीनमा सन् २००५ देखि निर्माणाधीन छ । यस्ता कैयौँ ठूला तथा दीर्घकालीन महत्वका परियोजना चीनमा क्रमिक रूपमा विकास भइरहेका देखिन्छन् । चीनले पछिल्लो समय महाशक्ति राष्ट्र भनिने अमेरिकाको सवसे लोकप्रिय न्यूयोर्क सहर जस्तो १० वटा सहर सन् २०२५ सम्म निर्माण गर्ने लक्ष्य लिएको छ ।
तर, नेपालको हालत भने झन्–झन् दयनीय बन्दै गएको स्थिति छ । नेपालमा रणनीतिक विकासका ठूला आयोजनाको सघन विस्तार त कुरै नगराँ लामो समयदेखि चर्चामा रहेका आधारभूत आवश्यकताका आयोजना निर्माण कार्यसमेत हुन सकिरहेको छैन । मेलम्ची खानेपानी आयोजना, चार्चामा रहेका विभिन्न जलविद्युत् परियोजना, काठमाडौं–निजगढ फास्टट्रयाक, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललगायतका ठूला रणनीतिक महत्वका आयोजना चर्चामा हुँदाहुँदै पनि त्यसको निर्माण हुन सकिरहेको छैन । यसर्थ, घरेलु तथा अन्तर्राष्ट्रिय व्यापार व्यवसायको विस्तार तथा सफलताका लागि चीनको झँ नेपालले पनि रणनीति व्यवस्थापनलार्ई ध्यान दिन जरुरी हुन्छ । यसका लागि सरकारी तवरबाटै विशेष ध्यान आकर्षित हुनुपर्ने पनि उत्तिकै आवश्यकता छ । विकासका रणनीतिक पाइलाहरू अघि नबढाउँदासम्म देशको मुहार फेरिन असम्भव छ । दक्षिण एसियाका सबै जस्ता मुलुक आर्थिक समृद्धिको दृष्टिले निरन्तर उकालो चढिरहँदा नेपालको स्थिति ठीक त्यसको विपरीत निरन्तर ओरालो लागिरहेको अवस्थामा अब पनि विकास निर्माणको कार्यलार्ई रणनीतिक ढंगले अघि नबढाइने हो भने नेपालको सुदूरभविष्य अनिश्चित छ ।

प्रतिक्रिया