भानुजयन्ती मनाइयो

Kavre-Ma-Sahityaकाभ्रे, २८ असार । आदिकवि भानुभक्त आचार्यको दुई सय दुईऔँ जन्मजयन्ती काभ्रेली साहित्यकारहरूले कवि गोष्ठी गर्दै मनाएका छन् । सो कवि गोष्ठीमा विभिन्न काभ्रेली कविले कविता वाचन गर्दै उनको सम्झना गरेका थिए ।

सो अवसरमा काभ्रेका साहित्यकार कृष्णप्रसाद पराजुलीको पनि ८१औँ जन्म जयन्ती मनाइएको छ । आदिकवि २९ असारमा जन्मेका हुन् भने पराजुलीको २४ असारमा जन्म भएको होे । दुवैले नेपाली साहित्यमा पु¥याएको योगदानबारे चर्चा गर्दै एकसाथ जन्मजयन्ती मनाइएको आयोजकले बताए ।
महानन्द सापकोटा वाङमय प्रतिष्ठान तथा जनमञ्च नेपाल काभ्रेका समेत अध्यक्ष रहेका कार्यक्रमका सभापति लक्ष्मण सापकोटाले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि जनमत साहित्यिक मासिकका प्रधानसम्पादक एवं वरिष्ठ साहित्यकार मोहन दुवाल रहेका थिए । कार्यक्रममा साहित्यकारहरू नरेन्द्रकुमार नगरकोटी, सूर्यप्रसाद लाकोजु, वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा पवित्रा तिमल्सिना, अविरल ओझेल, हरिहर चौलागार्इंलगायतले कविको स्मृतिमा कविता वाचन गरेका थिए ।

प्रतिक्रिया