हत्यामा संलग्नलाई कारबाही माग

धनकुटा २० असार । संघीय समाजवादी फोरम, नेपाल र नेपाल शिक्षक संघ धनकुटाले खुवाफोकस्थित श्रीपञ्चमी प्राथमिक विद्यालयका प्रधानाध्यापक नरेश लिम्बूको हत्या गरिएकोप्रति भत्सना गर्दै हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।

संघीय समाजवादी फोरम, नेपाल धनकुटा अध्यक्ष बलबहादुर राईद्वारा जारी विज्ञप्तिमा पार्टीका जिल्ला कमिटी सदस्यसमेत रहेका प्रअ लिम्बूको हत्यामा संलग्नलाई हदैसम्मको कारबाहीको माग गरिएको छ । विज्ञप्तिमा कसैको दबाबमा नपरी हत्यामा संलग्नलाई हदैसम्मको कारबाहीका लागि सरोकारवाला सम्पूर्ण निकायलाई यथोचित सहयोगको अपिल पनि गरिएको छ ।
यता नेपाल शिक्षक संघ धनकुटा अध्यक्ष गंगाराम ढुंगानाद्वारा जारी विज्ञप्तिमा घटनाको भत्सर्नासहित गहन छानबिन गरेर हत्यामा संलग्न सबैलाई कारबाहीको माग गरिएको छ । असार १३ गते बिहान खुवाफोक– ९ स्थित उनकैै घरमा स्थानीय युवाले धारिलो हतियार प्रहार गरी प्रअ लिम्बूको हत्या गरेका थिए । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दायर गरेर घटनाको थप अनुसन्धान जारी राखेको छ । (सौस)

प्रतिक्रिया