मानव स्वतन्त्रता

रात अँधेरी, औँसी यो बैरी, नक्षत्र, लुकेको ।
मानिस हामी, मानिससँग, किन हो, झुकेको ।।

कोसीको पानी, तलाउ बनी, सुस्ताइ, बसैझैँ ।
मानवता यो, शब्द नै कहाँ, विलप, भएको ।
अब त हामी, उठौँ न साथी, गर्जंदै, गरर ।
तलाउ बनी, थुन्नेको नदी, बगेझैँ, सरर ।।

सुन न साथी, आकास कति, खुलेको, अब त ।
मानवताको यो, स्वतन्त्रता है, झल्नेछ, अब त ।
– (कक्षा १०, शारदा एकेडमी, कपन)

प्रतिक्रिया