थाई विश्वविद्यालयबाट ३० लाख सहयोग

काठमाडौं । भूकम्पपीडितको सहयोगका लागि थाइल्यान्डको हात याई विश्वविद्यालयले ३० लाख प्रदान गरेको छ ।
सोही विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पतालले पनि भूकम्पपीडितको सहायताका लागि १८ लाख शुक्रबारैै प्रदान गरेको बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।
उक्त दूतावासका अनुसार विश्वविद्यालयका प्राध्यापक डा. चुस्कालिम्साकुल नेतृत्वको टोलीले दूतावासमा नै पुगेर थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीलाई सहायता रकमको चेक हस्तान्तरण गरेको हो । (सौस)

प्रतिक्रिया