को हुन् सिस्टर निर्मला जोशी ?

sister nirmala joshiकाठमाडौं, ८ असार । नेपाली मुलुकी सामाजिक अभियन्ता निर्मला जोशीको आज भारतको कोलकतामा ८१ वर्षको उमेरमा निधन भएको छ । आजै निधन भएकी निर्मलाको साइनो भने नेपालसँग पनि रहेको छ ।

भारतको विहार राज्यमा सन् १९३४ मा जन्मिएकी निर्मलाका बुवाआमा नेपाली मुलका हुन् । भारत स्वतन्त्रत हुनुअघि निर्मलाका बुवा ब्रिटिश सरकारको उच्च ओहदाका कर्मचारी थिए । सोही बेला निर्मलाको जन्म विहारमा भएको हो ।

उनका बुवाआमा हिन्दूधर्मा आबद्ध थिए । तै पनि निर्मला भने हिन्दूधर्म परिवर्तन गरी क्रिष्चियन बनेकी थिइन् ।

विश्वप्रसिद्ध सामाजिक अभियन्ता मदर टेरेसाको सामिप्यमा पुगेर आफ्नो अभियान चलाइन् । निर्मलाले विहारमै क्रिष्चियनहरूको विद्यालयमा अध्ययन गरेकी हुन् ।

राजनीतिक शासस्त्रमा मास्टर गरेकी निर्मलाले रोमन क्याथोलिकमा सहभागी भएकी थिइन् । सन् १९७६ देखि टेरेसाको च्यारिटीमा आबद्ध भएकी निर्मला अन्ततः सोही संस्थाको प्रमुख भएकी थिइन् ।

मदर टेरेसाको निधनपछि निर्मला मिसनरीज् अफ च्यारिटीकी प्रमुख रहेकी थिइन । निर्मलाको योगदानको कदर गर्दै भारत सरकारले सन् २००९ मा पदम भूषण पदकले सम्मान समेत गरेको थियो ।

सिस्टर निर्मला नेपालसमेत आएकी छन् । निर्मलालाई नेपालमा रहँदा नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष विश्वप्रकाश शर्माले विभिन्न स्थानमा घुमाएका थिए । साथै काठमाडौंमा बस्ने व्यवस्थासमेत मिलाएको जनाइएको छ ।

प्रतिक्रिया