निष्ठाको विजय

sangitaविसं. ०७१ साल बिदा भएर ०७२ सालको प्रारम्भ भएको छ । ०७१ साल विस्मृतिमा पुगिसकेको छ । ०७१ सालको स्मरण गर्दा एउटा बोध कथाको सम्झना भयो । किनकि, ०७१ सालमा घटित राम्रा–नराम्रा, शुभ–अशुभ, सुखद–दु:खद, प्रिय–अप्रिय, सम्झन वा भुल्नलायक जे जति घटना थिए । त्यसमध्ये सम्झनलायक जसयुक्त कार्यका लागि यस बोध कथा सान्दर्भिकता उत्तिकै मात्रामा पनि छ । एउटा भंगेरी थिई । समुद्रको लहरमा उसले पारेका फूलहरू बग्दछन् । समुुद्रको किनारमा पारेका फूलहरू गुमेपछि उसको मातृवत्सल हृदय द्रवित बन्दछ । समुद्रसँग आक्रोशित बन्दछे ।
समुन्द्रसँग बदला लिन संकल्प लिन्छे । पहिला उसले समुद्रसँग आफ्ना फूलहरू फर्काउन आग्रह गर्छे  तर समुद्रले उसको आग्रहको सुनवाइ गर्दैन । त्यसपछि भंगेरी समुद्रलाई नै सुकाइदिने वाचा र दृढ संकल्प गर्दछे आफ्नो सानो चुच्चोले समुद्रको पानी ओसार्न थाल्छे । उसको दुस्साहस र संकल्पको कतिले हाँसोमा उडाए पनि एउटा भंगेरोको सानो चुच्चोले समुद्रको पानी सुकाउने भनेर पत्याउने अवस्था थिएन । त्यसैले उसको कार्यलाई हँसिमजाकमा उडाउनु स्वाभाविक पनि थियो । तर, उसको कार्यको चर्चा भने सबैतिर भयो । त्यसको खबर भगवान् विष्णुको वाहन पन्छीराज गरुडको कानमा पनि पुग्यो । उनलाई आफ्नी सानी बहिनी भंगेरीको सर्वाधिक माया लाग्छ । भेट्न आउाछन् । भंगेरीको त्यत्रो निष्ठाबाट अभिभूत हुन्छन् । भंगेरीलाई सहायता गर्ने वचन दिन्छन् ।
गरुडले गएर समुद्रलाई भंगेरीको फूल फर्काइदिन भन्छन् । नफर्काउने हो भने भंगेरीले गरिरेहेको काम आपैँm गर्ने धम्की दिन्छन् । अन्त्यमा पक्षीराज गरुडबाट डराएर सबै फूल भंगेरीलाई फिर्ता गर्ने समुद्र बाध्य हुन्छ । यो वोध कथाको सारसँग तादम्यता राख्ने ०७१ सालको संस्मरण योग्य घटना बागमती सफाई अभियानको सय हप्ता पूरा भएको दिन अर्थात् चैत २८, ०७१ ले दियो । बागमती सफाइ अभियान र सुत्रधारहरूको कार्य जसकसैलाई पनि भंगेराले समुद्र सुकाउने संकल्प गरेको भन्दा भिन्न नलागेको हुन सक्दछ ।
प्रदुषणयुक्त बागमती सफाई अभियानका सूत्रधार र अभयन्ताको निष्ठाको विजय तथा सफलता ०७१ सालको एउटा स्मरणीय सह्राहनीय र उल्लेखनीय पक्ष थियो । उनीहरूको निष्ठाले कसलाई नतमस्तक बनाएन सबैलाई बनायो । समाजका हरतप्का र क्षेत्रका वर्गहरू उनीहरूको कार्यमा ऐक्यबद्धता जनाउन सहभागी हुनु अभियन्ताको निष्ठाको विजय पनि हो ।
जल मानिसको प्राणको आधार हो । त्यसैले नदीमा थुक्नु वा फोहर गर्नु हुँदैन । पाप लाग्छ भन्ने व्यावहारिक परम्परागत चलन थियो । धर्म र पापको कुराबाट नदी जोगाउने पुर्खाले अपनाएको उपाय अन्तत: निस्प्रयोजन भयो । बढदो जनघनत्वको कारण नदी पनि प्रदूषित मात्र बनेन ढल निकासको सहज थलो नै बन्यो । गाई, गंगा र गौरीलाई अत्यधिक आराध्य मान्ने र सम्मान गर्ने हिन्दु बाहुल्य रहेको नेपालमा भगवान् पशुपतिनाथको काखमा रहेको बागमतीको दुर्दशा राष्ट्रका लागि नै लज्जाको विषय बन्नुपर्ने हो ।
सबै नीतिको मूल अर्थात् माउ राजनीतिलाई मानिन्छ ।
राजनीति नै प्रदूषित भएको अवस्थामा अरू क्षेत्रमा पनि त्यसको कुप्रभाव पर्नु स्वाभाविक हो । धार्मिक पर्यटकलाई आकर्षण गर्न पशुपतिनाथ र बागमतीको वातावरणप्रति सरोकारवालाको बढी चासो जानुपर्ने थियो । राष्ट्रिय चिन्तनको अभावयुक्त राजनीतिको प्रभाव जतासुकै परिरहेको अवस्थामा पशुपति बागमती आदिको वातावरणप्रति चासो सरोकारवाला मात्रको  हुने अवस्था थिएन, भएन पनि त्यसैले बागमती सफाइ अभियानको सय हप्ता पुगेको अवसरमा राजनीतिक सहभागिता हुनु आफँैमा रोचक संयोग मात्र नभएर अनौठो पनि थियो ।
जेहोस बागमती सफाइ अभियानका सूत्राधारको कार्यलाई सराहना गर्नु पर्दछ । उनीहरुको निष्ठा सफल र विजय पनि भयो । यो अभियानको उज्यालो पाटो हो । तर, यहाँ भुल्न नहुने अर्को पक्ष पनि छ । यस अभियानका अभियन्तामध्येका मात्र नभएर नेतृत्वकारी भूमिका बहन गरिरहेका  नेपाल सरकारका बाहालवाला मुख्यसचिव लीलामणि पौडेल हुन् । मानिस सता र शतिmप्रति लालायित हुन्छन् र झुकाब राख्दछ । निजामति सेवाको नेतृत्वमा रहेको व्यक्तिका कारण कर्मचारी वर्गमा त्यसको मनोवैज्ञानिक प्रभाव र असर परेन होला भनेर अनुमान गर्नै सकिँदैन । पौडेल सेवा निवृत्त भएको अवस्थामा यो अभियानमा यस्तै किसिमको सहभागिता र समर्थन हुन सक्छ वा सक्दैन, सफाइ अभियानको थप मूल्यांकन अझ त्यसबेला हुनेछ ।
किनकि बहालमा रहँदा वा नरहँदाको अवस्थामा लिने, बुझ्ने र गर्ने सामाजिक व्यवहारको भिन्नता निवृत्त उच्च प्रशासनबाहेक अरूले अनुभूत गरेको हँुदैन । त्यसैले पौडेल सेवा निवृत्त भएपछि यो अभियानमा के कस्तो प्रभाव पर्छ ? यसले कस्तो गति लिन्छ ? जस्ता प्रश्नहरु हुँदाहुँदै  पनि बागमती सफाइ अभियानको सय हप्ता पुगेको अवसरमा देखिएको जनलहरले भने निष्ठाको विजय भएको कुरालाई नकार्न सकिँदैन । त्यसैले २०७२ सालको शुभ बिहानीमा हरेक निष्ठाको विजय होस् भन्ने कामना गर्न हिचकिचाउनुपर्छ जस्तो लाग्दैन । वातावरण संरक्षणका लागि स्पष्ट नीति बलियो कानुन र कार्यान्वयन तथा सामाजिक सचेतना पनि त्यतिकै मात्रामा आवश्यकता पर्छ भन्ने कुरालाई पनि भुल्न मिल्दैन

प्रतिक्रिया