नेपाल प्रहरी सशस्त्रसँग पराजित

Nepal Policeकाठमाडौं, २५ चैत । रेडबुल राष्ट्रिय लिग फुटबलअन्तर्गत भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई सशस्त्र प्रहरी (एपीएफ) क्लबले २–० गोलअन्तरले पराजित गरेको छ ।

योसँगै नेपाल प्रहरीले जारी लिगमा लगातार तेस्रो हार बेहोरेको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा सशस्त्रलाई विजयी गराउन दुबै गोल रन्जन विष्टले गरे । उनले १० र ५९औँ मिनेट गोल गर्दै एपिएफलाई जित दिलाए ।

यो जितसँगै सशस्त्रले ३ खेलबाट ७ अंक जोड्दै थ्रीस्टार क्लबसँग बराबरी गरेको छ ।

पूर्व लिग विजेता प्रहरी भने पहिलो पटक ‘होम एन्ड अवे’का आधारमा भइरहेको ९ टोली सहभागी प्रतियोगिताको पुछारमा छ । नेपाल प्रहरीले अहिलेसम्म अंकको खाता नै खोल्न सकेको छैन ।

प्रतिक्रिया