स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क सिमकार्ड

mahila-healthकाठमाडौं, २५ चैत । नेपाल टेलिकमले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत देशभरका ५२ हजार समुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई १०० ब्यालेन्ससहितको निःशुल्क सिमकार्ड र रिमकार्ड वितरण गर्ने भएको छ ।

सेवासम्बन्धी समझदारीपत्रमा मंगलबार मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठ र टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले हस्ताक्षर गरेका हुन् ।

सचिव श्रेष्ठले महिला स्वास्थ्य स्वयमसेविकाले निर्वाह गर्ने भूमिकालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

प्रबन्ध निर्देशक आचार्यले ग्रामीण क्षेत्रका सर्वसाधारणको स्वास्थ्यमा ठूलो योगादान पुराउँदै आएका स्वयम्सेविकालाई सहयोग गर्नु टेलिकमको पनि जिम्मेवारी भएको बताए ।

प्रतिक्रिया