– तिब्बतसँगको सन्धिलाई नेपालले विदेशसँग गरेको पहिलो वाणिज्य सन्धिका रूपमा लिने गरिन्छ । तर, उक्त सन्धि गराउन योगदान पुर्याएका भीम मल्ललाई पुस्कार गर्नुपर्ने ठाउँमा भारदारहरूको कुरा सुनेर हत्या गरियो । भीम मल्लकी पत्नी ‘नेपालमा राम्रो काम गर्नेको कहिल्यै पनि भलो नहोस्’ भनी श्राप दिएर सती गइन् । यो श्राप ‘सतीको सराप’को नामबाट अहिले पनि उत्तिकै प्रचलित छ । भीम मल्लको सती पत्नी र पाण्डे (प्रदीपजंग पाण्डे)को परिवारजनको नियति कुन अर्थमा भिन्न छ ?
–अहिलेका प्रायः राजनीतिक व्यक्तित्व कल्पित मुद्दामा दण्डित भएका थिए । उनीहरूले राजाको हुकुमप्रमांगी (हुप्र)बाट माफी पाएका थिए । ती सबै मान्य हुने तर उनै राजाबाट माफी पाएका पाण्डेचाहि दण्डित हुने न्यायको रूप यो कस्तो हो ? महांघको सदस्य हुँदै उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका पाण्डे एकाएक अध्यक्ष निर्वाचित भएका पनि होइनन । उपाध्यक्ष र सदस्य हुदा यो विषयवस्तु उठानमा नआउनु र अहिले आउनु पूर्वाग्रही भएको सजिलै अनुमान गर्न सकिन्छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेमाथि जस्तो व्यवहार हुन पुग्यो त्यसले मातृकाप्रसाद, विश्वेश्वर र गिरिजाप्रसाद कोइरालाका पिता कृष्णप्रसादको जीवन प्रसंग स्मरणग्राह्य लाग्यो । मातृका, बीपी र गिरिजा तीनै जना फरक–फरक कालखण्डमा नेपालका प्रधानमन्त्री बनेका थिए । हुन त यो हामी सबैले थाहा पाएको विषय हो, पछि पनि पाउने नै छन् । तर, उनीहरू तीनै जनाका पिता कृष्णप्रसाद कोइरालाका त्याग, तप, चर्चा, स्वाभिमान र न्यायप्रियताबारे कमैलाई जानकारी हुन सक्छ ।
व्यापार र वाणिज्य क्षेत्रमा सर्वाधिक सफल कृष्णप्रसाद तत्कालीन राणा प्रधानमन्त्री पदम शमशेरको कोपभाजनको शिकार बन्दछन् । उनको सर्वस्व हरण हुन्छ । उनी परिवारजनसहित भारतमा निर्वासित हुन्छन् । तब ४१ जनाको परिवारको भार बोकेका उनी एकाएक सडकमा पुग्छन् । उनको स्वाभिमान भने डगमगाएको थिएन ।
उनले पटक्कै हरेस खाएका थिएनन् । परिवारजनलाई वनारसमा बासको टुंगो लगाएर आर्थिक समस्याका कारण जीर्ण र रुग्ण बनेका कृष्णप्रसाद कामको खोजीमा जान्छन् । त्यस बेला धर्मपत्नी दिव्या कोइरालालाई भनेका पनि हुन्छन्, ‘रुपैया कमाएरै अब वनारस फर्कन्छु ।’ (हेुर्नस् बीपी कोइरालाको आत्मकथा पृष्ठ ८१)
व्यापारीसमेत रहेका उनी साथीभाइको भरोसामा कलकता गएका थिए । तर, उनका मित्र पूर्वअवस्थामा थिएनन् । समयसँगै उनीहरू पनि बदलिएका थिए । त्यसैले बीपीले लेखेका छन्, ‘धेरैजसो व्यापारी मित्रसँग उहा“लाई भेट्ने फुर्सद थिएन । कतिले भने सहानुभूतिका कुरा गरे । एक छाक भोजन खुवाए ।
पिताजीका राजनीतिक विश्वासका कुरा सुन्ने उनीहरूलाई फुर्सद थिएन ।’ बीपीले लेखेको प्रसंगले कतै प्रदीपजंग पाण्डेको नियतिसँग तादात्म्यता राखेको छैन भन्ने लागेको थियो मलाई । आफ्नो अध्यक्षको विषयमा उद्योग वाणिज्य महासंघ किन मौन भन्ने जिज्ञासा उठ्नु स्वाभाविक थियो, प्रश्न उठेकै पनि थियो । घटनाको १६ दिनपछि भए पनि महासंघले प्रतिक्रिया दियो, मुख खोल्यो । उसले अध्यक्षको रिहाइका लागि सरकारसँग माग गर्यो । यस कार्यको हामीले प्रशंसा गर्नुपर्छ ।
३० वर्षअघि राजा वीरेन्द्रबाट माफी भइसकेको विषयवस्तुलाई संघको निर्वाचनमा विजय र पराजयका कारण एकाएक उठाएपछिको विवादले जुन रूप लियो त्यो खेदयुक्त छ । ३० वर्षसम्म उद्योग र वाणिज्य क्षेत्रमा पाण्डेले पु¥याएको योगदानलाई सरकारले हेक्का राख्न सकेन । नाटकीय शैलीमा पाण्डेलाई नियन्त्रणमा लिन सरकार आतुर भयो ।
रोजगार शून्यताको अवस्थामा रोजगारका अवसर सिर्जना मात्र होइन, कर तिरेर ठूलो गुन लगाएका पाण्डेलाई पुरस्कृत गर्नुपर्ने ठाउमा अदालतबाट उठेको विवादले निम्त्याएको परिस्थितिको बहकाउमा न्याय प्रभावित भयो । एउटा उद्योगी र उनका परिवारजनलाई हतोत्साही बनाउने यस कार्य मल्लकालमा घटित काजी भीम मल्लको नियतिभन्दा कुनै अर्थमा भिन्न छैन ।
‘सतीले श्राप दिएको देश हो, त्यसैले राम्रो गर्नेको कहिल्यै भलो हुँदैन’ भन्ने लोकोक्ति छ । नेपालको राजनीतिक इतिहासमा कान्तिपुरका राजा प्रताप मल्लको पालामा भएको घटनाको प्रसंगलाई लिएर यो लोकोक्ति अध्यावधि मानिँदै आएको छ ।
त्यस बेला काजी भीम मल्ल प्रताप मल्लका सर्वाधिक रुचाइएका भारदार थिए । कूटनीतिक चातुर्य र कौशल भएका भीम मल्लकै प्रयत्नमा नेपालको तिब्बतसँग व्यापारिक सन्धि भएको थियो । उक्त सन्धिअनुसार नेपाली व्यापारीका लागि बत्तीस कोठी तिब्बतमा खोलिने, तिब्बतमा नेपाली वाणिज्यदूत राख्ने, नेपालले भोटका निम्ति मुद्रा बनाइदिने र नेपाली मुद्रा भोटमा मान्य हुने । भोटस्थित नेपाली नागरिकलाई अपुताली परे तिनका सम्पत्ति नेपाल सरकारले पाउने व्यवस्था थियो । उक्त सन्धिलाई नेपालले विदेशसँग गरेको पहिलो वाणिज्य सन्धिका रूपमा लिने गरिन्छ ।
तर, उक्त सन्धि गराउन योगदान पुर्याएका भीम मल्ललाई पुस्कार गर्नुपर्ने ठाउमा भारदारहरूको कुरा सुनेर हत्या गरिन्छ । भीम मल्लकी पत्नी ‘नेपालमा राम्रो काम गर्नेको कहिल्यै पनि भलो नहोस्’ भनी श्राप दिएर सती जान्छिन् । यो श्राप सतीको सरापको नामबाट अहिले पनि उत्तिकै प्रचलित छ । भीम मल्लको सती पत्नी र पाण्डेको परिवारजनको नियति कुन अर्थमा भिन्न छ ?
अहिलेका प्रायः राजनीतिक व्यक्तित्व कल्पित मुद्दामा दण्डित भएका थिए । उनीहरूले राजाको हुकुमप्रमांगी (हुप्र)बाट माफी पाएका थिए । ती सबै मान्य हुने तर उनै राजाबाट माफी पाएका पाण्डेचाहि“ दण्डित हुने न्यायको रूप यो कस्तो हो ? महांघको सदस्य हुदै उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका पाण्डे एकाएक अध्यक्ष निर्वाचित भएका पनि होइनन ।
उपाध्यक्ष र सदस्य हुदा यो विषयवस्तु उठानमा नआउनु र अहिले आउनु पूर्वाग्रही भएको सजिलै अनुमान गर्न सकिन्छ । फेरि त्यही कालखण्ड रहेको र राजा वीरेन्द्रको भौतिक उपस्थिति तथा राजनीतिक पद्धति यथावत रहेको भए पाण्डेमाथि यस्तो दुव्र्यवहार हुन सक्थ्यो वा सक्दैनथ्यो ? न्याय सार्वकालिक हुन्छ । समयचक्र आफ्नो गतिमा हुन्छ । तर, न्यायका मूल्यमान्यता यथावत रहन्छन् ।
समयचक्रबाट प्रभावित हुँदैन भन्ने कुरो पाण्डेको प्रसंगमा खण्डित भयो, यसमा सुधार हुनुपर्छ । पाण्डेको इज्जतका साथ रिहाइका लागि तत्कालीन राष्ट्रप्रमुखले दिएको आदेशको निरन्तरता दिने जिम्मेवारी वर्तमान राष्ट्रप्रमुख र सरकार दुवैको हो । होइन भने एकपटक सुल्झिसकेको मुद्दाको आरोप पुनः लगाएर भीमसेन थापालाई दण्डित बनाएको क्रूर इतिहासको पुनरावृत्ति हुनेछ र इतिहासले सधैं धिक्कारी पनि रहनेछ ।
प्रतिक्रिया