डा.गोविन्द केसीसँग मेरो असहमति !

Dr.-Govinda-Kcउनी कुनै फिल्मको हीरो होइनन् । नलेखक, गायककार वा सँगीतकार नै हुन् । तर उनी चर्चामा छन् । र सधैं रहनेछन् । डा.गोविन्द केसी ।

पछिल्लो परिवेशमा उनको नाम नसुनेको शायदै होलान् । त्रिभुव विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत डा.के.सी. अहिले जाजरकोटमा छन् । आफ्नो व्यक्तिगतभन्दा मुलुक र सामाजिक हित चाहने डा.केसीले चिकित्सा क्षेत्रको सुधारका लागि ठूलै योगदान दिएका छन् ।

उनी पटक पटक आमरण अनशन बसी गलत निर्णय सच्चाउन बाध्य बनाइसकेका छन् । उनको योगदानको जनस्तरबाट प्रशंसा र समर्थन भएकै कारण प्रत्येक पटक जननिर्वाचित सरकारहरू झुक्न बाध्यछन् ।

मुलुकको प्रधानमन्त्री सुशील कोइराला कुनै अन्तर्राष्ट्रिय बैठकमा सहभागी हुन गएका छन् ।

प्रधानमन्त्रीले मुलुकको महामारी रोक्न र प्रभावितलाई उपचार गराउन आफैले चासो दिइ खटिनुपर्ने हो । प्रभावित जिल्ला उनकै मध्यपश्चिमाञ्चलमा पर्छ । तर उनले निर्देशन दिनुभन्दा अरु केही गर्न सकेनन् । त्यो पनि धेरै सर्वसाधारणले ज्यान गुमाएपछि ।

उनलाई जाजरकोटको महामारीभन्दा विदेशको बैठकमा ठूलो लाग्यो । र त्यतै गए । कोइरालाले सरकारको प्रतिनिधित्व हुने गरी कुनै मन्त्रीलाई पठाएको भए काफी हुने थियो । तर त्यसो गरेनन् । उनी विमानस्थलमा हात हल्लाउँदै उडे ।

प्रधानमन्त्री कोइराला विदेश जाँदै गर्दा अर्का साधारण व्यक्ति डा.केसी झोलीगुन्टा बोकेर लागे जाजरकोटतर्फ । राँझा विमानस्थल हुँदै डा.केसी जाजरकोट पुगेका हुन् ।

केही औषधि लिएर जाजरकोटमा फैलिएको स्वाइन फ्लुको महामारी रोक्न र गरिव जनताको ज्यान जोगाउन उनी त्यसतर्फ गएका छन् ।

मान्छेमा आफ्नो इच्छा र आकंक्षा भए सेवा गर्न कसैले रोक्दैन । डा.केसीको योगदानलाई जाजरकोटले कहिल्यै भुल्ने छैन ।

डा.केसीका आलोचकहरूपनि छन् । तर उनको यो कार्यबाट सबैलाई नतमस्तक बनाइदिएका छन् । चिकित्सा क्षेत्रका आफ्ना समकक्षीहरूलाई स्वास्थ्य क्षेत्र व्यापार, व्यवसाय होइनभन्ने सन्देश प्रवाह गरेका छन् ।

डा.केसी जाजरकोटमा पैसा कमाउन गएका पक्कै होइनन् । उनले चाहने हो भने राजधानीमा लाखौं कमाइदिन सक्छन् ।

राजनेता र मुलुक तथा जनताका लागि केही गरौं भन्ने नागरिकमा फरक छ । डा.केसी महामारी रोक्ने र ज्यान जोगाउन जाजरकोट लागे । प्रधानमन्त्री विदेश गए । त्यति मात्रै कहाँ हो र । प्रधानमन्त्री स्वदेश फिर्ता हुने बेला स्वास्थ्य जाँच गराउनेछन् ।

जाजरकोटमा महामारी फैलिएर २६ जनाको ज्यान गइसकेको छ । तर ‘सरकारले महामारी रोक्न निर्देशन दिनुभन्दा अरु केही गरेको छैन’ भन्ने गुनासाहरू आइरहेका छन् ।

यहाँसम्म की सरकारी दानापानी खाएका चिकित्सकहरू पनि प्रभावित क्षेत्रमा गएर उपचार गर्न मानेनन् । उनीहरूले विभिन्न बहाना बनाएर विदा बसे । जसको फलस्वरुप अहिले जाजरकोटको अवस्था भयाबह बन्दै गएको छ ।

बिरामी परेका व्यक्तिलाई उपचारका लागि लैजान मानिससमेत पाउन सकिएको छैन ।

स्वास्थ्यमन्त्री खगराज अधिकारीले प्रभावित क्षेत्रको हेलिकप्टरबाट सयर गरे । उनले सार्वजनिक भाषणवाजी जति गरे, तर प्रभावित क्षेत्रका जनताको उपचारमा त्यति सहयोग गर्न सकेनन् ।

स्वास्थ्यमन्त्री अधिकारीको चौतर्फी आलोचना भयो । अहिले उनी उपचारका लागि आफ्ना संयन्त्रलाई परिचालन गरेको भन्दै आएका छन् ।

यस्तो अवस्थामा आफ्नै व्यक्तिगत खर्चमा जाजरकोट पुग्ने डा.केसीसँग मेरो के भनाइ हुन्छ र ? उनले समाज र गाउँका गरिव जनतासँग देखाएको भाव, स्नेह र मानवीय समवेदनलाई मैले के भन्ने ?
उनै डा.केसीले यदि आफ्नो इमान र पेशाको इमान्दारिता भूलेको भए शायद मेरो उनीसँग असहमति रहने थियो ।

मान्छेमा आफ्नो इच्छा र आकंक्षा भए सेवा गर्न कसैले रोक्दैन । डा.केसीको योगदानलाई जाजरकोटले कहिल्यै भुल्ने छैन ।

डा.केसीका आलोचकहरूपनि छन् । तर उनको यो कार्यबाट सबैलाई नतमस्तक बनाइदिएका छन् । चिकित्सा क्षेत्रका आफ्ना समकक्षीहरूलाई स्वास्थ्य क्षेत्र व्यापार, व्यवसाय होइनभन्ने सन्देश प्रवाह गरेका छन् ।

– ब्लगबाट

प्रतिक्रिया