नेपाल–भारत दोस्रो लेग खेल आज

Nepal India Football

काठमाडौं, ३ चैत  । सन् २०१८ मा रुसमा आयोजना हुने विश्वकप तथा २०१९ मा यूएईमा हुने एसिया कपका लागि एसियाली छनोटअन्तर्गत दोस्रो लेग खेलमा नेपाल र भारत मंगलबार आमने–सामने हुँदै छन् ।

नेपाल चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग उसको मैदानमा भएको पहिलो लेगमा ०–२ ले पछि छ । अब नेपालले दोस्रो चरणमा पुग्न गृह मैदानमा कुनै गोल नखाई ३–० ले जित्नुपर्नेछ । नेपालले १ गोल मात्र व्यहोरेको खण्डमा ४ गोल लगाउनुपर्ने हुन्छ । अथवा, २–० ले अग्रता लिएर बराबरी गर्दै अतिरिक्त समयमा खेल लगेर जित्नुपर्ने हुन्छ । नेपालले निर्धारित र थपिएको समयमा पनि २–० ले अग्रता लिएको खण्डमा प्यानल्टी सुटआउटबाट नतिजा निस्कने सम्भावना पनि छ ।

नेपालका लागि एसिया कप खेलिसकेको भारतीय टोली सहज प्रतिद्वन्द्व भने हैन । नेपाल र भारत हालसम्म १६ पटक भिडिसकेका छन् । यसमा भारतले १२ पटक नतिजा आफ्नो पक्षमा पारिसकेको छ भने नेपालले भारतलाई २ खेलमा मात्र जितेको छ ।

त्यस्तै, २ खेल भने बराबरीमा टुङ्गिएका छन् । भारतले नेपाललाई २८ गोल हानेको छ भने नेपालले ९ गोल मात्र फर्काएको छ ।

प्रतिक्रिया