राष्ट्रिय एथलेटिक्सको ४० औं संस्करण शुक्रबारदेखि

काठमाडौं, २७ फागुन । नेपाल एथलेटिक्स संघको आयोजनामा ४० औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा पाँच विकास क्षेत्रको पाँचै टिम, तीन विभागीय टिम नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ क्लब गरी ८ टिमका १ सय ७६ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक संघका सचिव एवं प्रतियोगिता संयोजक आरके विष्टले जनाएका छन् ।

प्रत्येक टिमबाट २२ का दरले खेलाडी सहभागी हुनेछन् । पुरुष र महिला खेलाडी संख्या समान रहेको छ ।

पुरुष÷महिलामा १८–१८ गरी जम्मा ३६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

थ्रोविङ इभेन्ट भद्रकालीस्थित आर्मी हातामा हुनेछ भने बाँकी त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

तीनदिनसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख खर्च हुने आयोजक एथलेटिक्स संघले जनाएको छ ।

प्रतिक्रिया