सानो उमेरमै घरमा सुन्थें बुवाले –सधै अरुको सेवा गर्नु पर्छ भनेको । बुवा सधै समाजको भलो हुने काममा लाग्नु हुन्थ्यो । सबैको हितमा काम गर्ने बुवाको स्वभावले मलाई प्रेणा दियो । वुवा जिल्लामा स्थानीय राजनीति पनि गर्नु हुन्थ्यो । उहाँको स्वभाव र अरुको दुखमा साथ दिने वानी पछि ममा रुपननतरण भयो । सोच्थेँं जे गर्नु छ राष्ट्र र जनताको पक्षमा काम गर्नु पर्छ । जव बुझने भएँ त्यहि बेलादेखि मनमा लाग्यो आफू जन्मेको भूमिको लागि केहि गर्नु पर्छ भन्ने । पढेका बेला विश्वका विकसित र समृद्ध मुलुकका जनता जस्तै नेपाली जनतालाको जीवनलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने सोच्थें सधै । बुझदै जादा यी सबै कुराका लागि राजनीति गर्नु पर्ने रहेछ भन्ने बुझे ।
०२५ सालमा उच्च शिक्ष अध्ययन गर्न संखुवासभाबाट काठमाण्डौ आएँ । त्यति बेला देशमा एकदलीय पञ्चायती ब्यवस्था थियो । कलेजहरुमा नेपाल बिद्यार्थी संघ र कम्युनिष्ट पार्टी नजिकका बिद्यार्थी युनियनहरु भुमिगत रुपमा सक्रिय थिए । उनीहरु कलेजमा युनियन चलाउथें । म त्रिचन्द्र कलेजमा भर्ना भएँ । पढने क्रकमा मेरो सम्पर्क त्यति बेलाको राष्ट्रवादी स्वतन्त्र बिद्यार्थी मण्डलसंग भयो । उक्त मण्डलको अध्यक्ष्य चर्चित पत्रकार पदम ठकुराठी थिए । त्यहिबाट सुरु भयो मेरो संगठित राजनीतिक यात्रा । देश र जनताका लागि राजनीति गर्ने आफ्नो चाहना पुरा हुने देखेर म खुसी भएँ । उक्त संगठनमा हाल हाम्रो पार्टी अध्यक्ष रहुनु भएका कमल थापा पनि हुनु हुन्थ्यो । पछि उहाँ उक्त मण्डलको अध्यक्ष हुनु भयो । हामीलाई त्यति बेला कांग्रेस, कम्युनिष्ट पार्टीमा आवद्ध बिद्यार्थीहरुले मण्डले बिद्यार्थी भन्थे । जस्ले जे आरोप लागाए पनि हामीले राजनीतिको आडमा कहिल्यै गलत काम गरेनौं । हाम्रो राजनीतिक अभियान थियो मुलुकमा सकारात्मक वातावरण होस भन्ने । तर, हामीलाई मण्डले भन्नेहरु के गर्दै थिए त्यो पनि हामीले हेरेका थियौं ।
राजनीतिमा हाम्रो मान्यता त्यति बेला पञ्चायती ब्यवस्थाको सकारात्मक कामहरुको रक्षा गर्नु थियो । त्यति बेलाको बौद्धिक क्षेत्र र राम्रा कामहरुलाई समाजमा अगाडि बडाउनु पर्छ भन्ने सोच राख्दथ्यौं । समाजमा सबैले राजनीति गर्नु पर्छ । राजनीतिमा कसैलाई निषेध गर्नु हुदैन भन्ने हाम्रो बिचार थियो । पार्टीका बिद्यार्थीहरुका लागि हामी मण्डले थियौं । तर, हाम्रो पनि आफ्नै नियम र आचार सहिंता थियो । अनुशासनमा बस्न नक्नेहरु हाम्रो संगठनमा अटाउदैन थिए । हामीले राजनीतिको नाममा कहिल्यै कतै आतंक मच्याएनौ । इमान्दारिका साथ भन्ने हो भने हाम्रा सदस्य अनुसासित थिए । जो पायो त्यहि हाम्रो सदस्य बन्न पाउदैन थिए । उमेरको हिसावले पनि युवा हुने हुदा अनुशासनमा बस्नु पर्ने थियो । तर, हामीलाई हतोसाहित गर्न मण्डले र गुण्डा जस्ता नामको पगरी भिराउने काम पार्टीहरुका बिद्यार्थीले गरे । त्यति बेला बिद्यार्थी मण्डलमा रहेर गलत काम गर्ने पात्र कोहि थिएन । त्यति बेला हामी जुन ब्यवस्थाका पक्षपाति थियौ त्यो ब्यवस्था ०४६ सालमा अन्त्य भयो । ०४६ को परिवर्तन पछि हामीले राप्रपाको नामाले राजनीति सुरु गर्यौं । हामी जनताका बिचमा आफ्नो बिचार लिएर जान चाहन्थ्यौं, गयौ । कयौ विषयमा हामी जनताका विचमा आफ्ना विचार राख्न सफल भयौ होला, कयौ विषयमा असफल । तर, आफ्ना अडान र विचारमा हामीले कहिल्यै कसैसंग सम्झौता गरेनौं ।
कुनै बेला पञ्चायती ब्यवस्थाको समर्थनमा लागेका ब्यक्ति यति बेला गणतान्त्रिक मुलुकको संसविधानसभा सदस्य भएको छु । तर, मलाई यति बेला बिगतको कुरा सम्झदा र वर्तमानलाई हेर्दा कयौ बिषयमा पीडाबोध महसुस हुन्छ । यहाका पार्टीहरु पञ्चायती ब्यवस्थालाई सत्तोसराप गर्थे, गर्छन । तर, पञ्चायती ब्यवस्थाले गरे जति काम बहुदलीय ब्यवस्थामा भएको छैन । पञ्चायतले जनताका लागि देश समृद्ध बनाउन जुन भूमिका खेलेको थियो, राष्ट्रियताको सवालमा जुन अडान लिएको थियो अहिलेका नेताहरु आफ्नो स्वार्थमा छन् । उनीहरुसंग राष्ट्रियताको पक्षमा कुनै अडान छैन । तत्कालीन राजा महेन्द्रले देशको विकासका लागि अगाडि सारेको योजना जति पनि काम अहिलेका दलिय नेताले गरेनन । पञ्चायती ब्यवस्थमा भूमिसुधारको योजना राजा महेन्द्रले नै अगाडि सारेका थिए । त्यो भूमिसुधारले मोहीहरुका लागि जमीनमा अधिकार दियो । तर, यति बेला पार्टी र तिनका नेताहरुले देशलाई ब्रमलुट गरेका छन् । अहिले कम्युनिष्ट हौ भन्नेहरुले राजा महेन्द्रले जति पनि भूमि ब्यवस्थापन गरेनन । पञ्चायती ब्यवस्थामा अहिलेको जस्तो भ्रष्टचार, असुरक्षा, महंगी र आतंक थिएन । जति सुकै राम्रो देशमा पनि छिटफुट नराम्रो काम हुन्छन् । पञ्चायतमा पनि त्यस्तै एकाध घटना बाहेक अहिले जस्तो असुरक्षा थिएन । बहुदलीय ब्यवस्था नराम्रो होइन । ब्यवस्था सञ्चालन गर्नेहरुको कारण वदनाम हुदैछ ब्यवस्था । यति बेला बहुदलले भन्दा पनि ब्यवस्था सञ्चालकहरुको ब्यवहार र शैलीले पीडाबोध भइरहेको छ ।
नेपालमा यति बेला विश्वमा कहिं नभएको भ्रष्ट्रचार भइरहेको छ । जनताका लागि काम गर्ने भनेर दुहाइ दिने पार्टीहरुले चलाएको सरकार भ्रष्ट्रचारको चंगुलमा फसेको छ । मुलुकका जनता दिन दिनै बढेको महंगीले सास्ती भोग्दै छन् । जनताले शान्ति सुरक्षाको अनुभूति गर्न पाएका छैनन् । जलस्रोतको धनी देश भएर पनि जनता लामो लोडसेडिङमा बस्न बाध्य छन् । यति बेला देश बहुदलीय ब्यवस्थाको नाममा जस्लाई जे मन लाग्यो त्यहि गर्न तिर अगाडि बढ्दै छ । ब्यवस्था प्रति वितृष्णा ल्याउने काम पार्टीहरु र त्यसका नेताले गर्दैछन् । बहुदलीय ब्यवस्थालाई उत्कृष्ट हो भनेर जनताको बिचमा लैजाने भन्दा यसको नाममा आफना स्वार्थ पुरा गर्ने माध्यम बनाएर पतनको दिशा तिर लादैछन दलका नेताहरु । यति बेला नेपालमा राष्ट्र र जनताको हितमा काम गर्ने इच्छा शक्ति भएका नेताहरुको कमी छ । यदि ब्यवस्थालाई आफ्नो हितमा भन्दा राष्ट्रको हितमा परिचारल गर्ने हो भने पार्टीहरु प्रति बढेको जनताको निराशा अन्त्य हुने छ । जुन ब्यवस्था ल्याउन हजारौ नेपालीका सन्तानले ज्यान दिए त्यहि ब्यवस्थाले जनताको हितमा काम गर्न सक्दैन भने केका लागि पार्टी र नेताहरु ? त्यसैले जनताले अनुभूति गर्न पाउनु पर्छ यो ब्यवस्था हाम्रा लागि हितकर छ भनेर । पार्टीहरुले देखाउन राष्ट्र र जनताको हितमा काम गरेर ।
पहिलो संविधानसभाले दिएको जिम्मेवारी पार्टीहरुले पुरा गर्न सकेनन । पटक पटक समय थपेर चार वर्षमा संभासदहरु रित्तो हात फर्किए । पार्टीहरु आफैले जनतालाई दुइ वर्षमा सविधान दिने बाचा गरेका थिए । दुइ वर्षमा संविधान बनाउने बाचा जनताले गरेका थिएनन नेताहरु आफैले गरेका थिए । उनीहरुले आफ्नो अनुकुलतामा मनोमानि रुपले समय थप्दै गए । तर, काम पुरा गर्न सकेनन । अन्तरिम संविधानमा आफैले किटान गरेको कुरा पुरा गरेनन दलहरुले । आफ्नो स्वार्थ पुरा नभएको कारण संविधानसभाको अवसान गरेर आए । वर्तमान संविधानसभा अगिल्लो संविधानसभाको अधुरो काम पुरा गर्न आएको होइन । यो नयाँ जनादेशको आधारमा नयाँ संविधान बनाउन आएको हो । पार्टीहरुले यसलाई पहिला गरेका कामको स्वामीत्व लिने भन्दै भ्रम सिर्जना गर्नु हुदैन । पहिलो संविधानसभा र अहिले जनताको जनादेश नै फरक छ । हामी संविधानसभामा ‘ब्यक्कपेपर’ दिन आएका होइनौ । नयाँ संविधानबनाउन आएका हौ । वर्तमान संविधानसभामा ठूलो संख्यामा नयाँ अनुहार आएका छन् । पहिलो संविधानसभाले गरेको काम अनुमोदन गर्न जनातबाट निर्वाचित भएर आएका होइनौ । जनताको नयाँ जनादेश अनुसार आमी नयाँ संविधान बनाउने छौं ।
पहिलो संविधानसभामा दुइतिहाइ भन्दा ठूलो संख्यमा रहेका पार्टीहरुले जनतालाई गणतान्त्रिक संविधान दिन्छौ भने, तर दिन सकेनन । पहिलो संविधानसभाले पास गरेको गणतन्त्र कायम हुने अरु बिषय भने कायम नहुने हुदैन । हामी मुलुकमा भएको परिवर्तनको विरोधी होइनौ । मुलुकको समृद्धी, शान्ति, एकता, र प्रगतिका लागि अखण्ड नेपाल बचाउन संबैधानिक राजसंस्था र बहुदलीय ब्यवस्थाबाट मात्र सम्भव छ भन्ने ठान्छौं । यो सवालमा हाम्रो बिचार प्रष्ट छ । धार्मिक रुपमा हेर्ने हो भने विश्वमा एक मात्र हिन्दु राष्ट्र रहेको नेपाललाई ०६२–०६३ को आन्दोलन ले समाप्त पारेको छ । ०६२–०६३ को आन्दोलमा उठ्दै नउठेको एजेण्डा पार्टीले आन्दोलन सफल भए पछि ल्याएँ । आन्दोलनमा कहिं कतै कुनै नेताले गणतन्त्रको पक्षमा एक शब्द बोलेका थिएनन । तर, एकाएक आन्दोलन सफल भए पछि गणतन्त्रको कुरो आयो । नेताहरुले कस्को प्रभाव वा दवावमा हो मुलुकलाई गणतान्त्रिक बनाए ? आन्दोलनमा नउठेका एजेण्डा कहाँबाट आयो ? कस्ले दियो हिन्दु राज्यलाई धर्म निरिपेक्ष बनाउने आदेश ? यो कुराहरुमा गम्भीर हुनु पर्छ । आन्दोनमा एउटा नारा लगाएर जनता उराल्ने सफल भए पछि आफू खुसि अर्कै निर्णय गर्न पाइन्छ ? हामी जनतलाई यी यस्ता सबै कुरामा अव प्रष्ट पार्न चाहन्छौं । यदि जनता त्यो पक्षमा छन् भने जनमत संग्रह हुनु पर्छ ।
आन्दोलनको सफलतासंगै पार्टीहरुले भनेका थिए– सबै बिषय पहिलो संविधानसभाको बैठकले निर्णय गर्ने छ । म यति बेला पार्टी र तिनका नेताहरुलाई सम्झाउन चाहन्छु उनीहरुलाई स्मरण होला –तत्कालीन राजाले स्थापित गरेको अन्तरिम संसदले राजसस्थाको पक्षमा धेरै निर्णय गरेको छ । त्यो संसदमा सबै पार्टीको प्रतिनिधित्व थियो । अन्तरिम संसदले राजसस्थाको पक्षमा यस्ता निर्णय गरेको थियो –राजाको पहिलो सन्तान छोरा वा छोरी जे भए पनि उ राजा हुने छ, राज्यब्यवस्थाले दिने सुविधा राजा–रानी, युवराज–युवराज्ञी र नवयुवराज –नवयुवराज्ञीले मात्र पाउने छन् । यस्तो निर्णय गर्ने दलहरुले आफै विवादमा पर्ने गरी गण्तन्त्रको फैसला गरे । उनीहरुले पहिला देखि नै गणतन्त्र मानेको भए त्यस्तो निर्णय किन गरेको ? आन्दोलन सफल भएसंगै दलहरुले बिदेशीको आदेशमा गणतन्त्र घोषणा गरे । यो कुनै पनि हालतमा नेपाली नेताहरुले गरेको फैसला थिएन । दलहरु आफ्नो विकेकले चल्दैनन भन्ने कुरा वर्तमान संविधानसभालाई हेरे पुग्छ । संविधानसभको निर्वाचन भएको लामो समय पछि मात्र प्रधानमन्त्री छनौट गरियो । दलका नेताहरु आफै आफैमा बेला बेला भन्छन् –पार्टीको फलानो ‘र’ को इसारमा चल्छ । फलानो विदेशीको रिमोटकन्टोलबाट चलेको छ । को कस्को एजेण्ट हो मैले भन्नु पर्दैन । बेला बेला उनीहरु आफै पोल खोल्छन् । नेपालमा गणतन्त्र जनताको चाहना र नेताको इच्छाले होइन विदेशीको आदेशमा घोषणा गरिए को हो । एउटा विदेशी मन्त्री नेपालमा आउदा दलका नेताहरु आफ्नो पदिय हैसियत बिर्सीयर बुर्कुर्सी मार्दै चाकडीमा जान्छन् । यो मैले मात्र भनेको होइन मिडियामा छरपष्ट भएको यथार्थ हो । नेताहरुका यस्ता चाकडीले देशको हित गर्दैन । उनीहरुका लागि केहि लाभ होला । नेताका यस्ता क्रियाकलापले नेपालको शिर झुक्ने गर्छ र झुकिरहेको छ ।
नेपालमा हुने मन्त्री, प्रधानमन्त्रीको निर्वाचनमा किन विदेशीलाई गुहार्ने ? जस्लाई जुन पद दिने हो वा उस्ले लिने हो यहिका पार्टी र नेताहरु बसेर निर्णय गरे हुदैन ? सरकार चलाउने कुरामा मात्र होइन सामान्य सरकारी नियुक्तिमासमेत विदेशीको मुख ताक्ने प्रबृति हावि हुदै छ । पार्टीहरुले ०६२–०६३ को आन्दोलन पछि नेपालको राजधानी दिल्ली बनाएका छन् । जे गर्दा पनि दिल्लीको अनुग्रह कस्लाई हुन्छ भनेर हेर्ने प्रबृति त्याग्नु पर्छ । नेपालीले आफ्नो निर्णय आफै गर्न सक्दैनन ? यस्ता विषयमा विदेशीको इसारा कुर्नु पर्छ ? यो भन्दा लाज मर्दो कुरा नेपालीका लागि अरु के हुन्छ ? नेपालको इतिहासमा अहिले भन्दा बढि विदेशी चलखेल कहिल्यै भएको थिएन । यस्ता कुराले नेपाल र नेपाली नेताहरु कुन धरातलमा छन् भन्ने प्रष्ट हुन्छ । मैले सबै पोल खोल्नु पर्दैन ।
नेपाली जनताको चाहना समयमा नै संविधान बन्नु पर्छ भन्ने हो । हाम्रो पार्टी यति बेला संविधानसभामा चौथो पार्टी भएको छ । पार्टीको एजेण्डा संबैधानिक राजसंस्था, बहुदलीय प्रजातन्त्र, हिन्दुराष्ट्र र अखण्ड नेपाल हो । त्यसैको आधारमा नेपाली जनताले हामीलाई अहिलेको अवस्थमा पुर्याए । यसले के पुष्टि हुन्छ भने एमाओवादीले विगतमा एकल जातिय आधारमा संघीयता को कुरा गरेकाले पहिलो पार्टीलाई जनताले तेस्रो स्थानमा पुर्याए । उनीहरुलाई जनताले सच्चिने मौका दिएका हुन । साथै जनताले हाम्रो एजेण्डालाई साथ दिदै अझ सशक्तहुन सुझाव सहितको मत दिएका छन् । हामीले अझै पार्टीलाई जनताको बिचमा लानु पर्छ भन्ने जनताको चाहना छ । पछिल्लो निर्वाचानको अर्को महत्वपूर्ण जनादेश के हो भने नेपाली कांग्रेस र एमाले मिलेर संविधान निर्माणमा अगुवाइको भूमिका खेल्नु पर्छ भन्ने हो । नेपाली कांग्रेस र एमालेलाई हाराहारी बनाउनु भनेको दुबैको जिम्मेवारी समान प्रकारको छ भन्ने जनताको आदेश हो । अब नेपाली कांग्रेस र एमालेले संविधानसभा भित्र वा बाहिर भएका सबै पार्टीलाई समेटेर सहमतीको आधारमा संविधान बनाउनु पर्छ । अहिलेको अवस्था हेर्दा सबै पार्टी इमान्दार भएर लाग्ने हो भने समय भित्र संविधान बनाउन सकिन्छ । जनताको भावन पुरा गर्न हामी आफू आफनो ठाउबाट सबै प्रकारको भूमिका निर्वाह गर्न तयार छौं । राष्ट्र र जनताका लागि संविधान अनिवार्य छ । त्यसका लागि पार्टीहरुले सबै कुरा विर्सेर संविधान बनाउन लाग्नु पर्छ । हामी सबैले आफ्नै बल र बुद्धि लागएर काम गर्यौ भने समयमा जनतालाई संविधान दिन सक्छौं । तर, राप्रपा नेपालले आफ्नो सिद्धान्त, धारणा र विचार त्यागेर जे सुकै गर्न तयार हुन्छ भन्ने कसैले नसोचे हुन्छ । यो हाम्रौ पार्टीको दृढता हो ।
: चमिना भट्टराई
प्रतिक्रिया