संयन्त्रको नाममा नेता बरालिनु हुँदैन

4के गरेर बिताउँदै हुनुहुन्छ समय ?
मलाई फुर्सद छैन । आफ्नो क्षेत्रको अधिकांस गाउँ गएँ, जनतालाई धन्यवाद दिन । साथै आउने दिनमा गर्नु पर्ने काम बारे योजना बनाउदै छु । यसै बिचमा एउटा कार्यक्रममा पाकिस्तान गएर केही दिन आगाडि फर्के ।
जे कामको लागि निर्वाचित हुनु भयो त्यो काम भने कहिलेदेखि सुरु गर्नु हुन्छ ?  
यति बेला यस्ता प्रश्न सबै तिरबाट आएको छ । मत दाताहरू पनि यस्तै प्रश्न गर्छन । यो स्वभाबिकै हो । तर, मैले गर्ने भनेको आफ्नो नियन्त्रणमा रहेको काम मात्र हो । आफ्नो नियन्त्रण भन्दा बाहिरको काम  चाहेर पनि गर्न सक्दिन । म यति मात्र चाहान्छु जेजे कारणले काममा ढिलाई भएको छ त्यो चाँडो भन्दा चाढो होस भन्ने । अब दलहरूले संविधान निर्माण र शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउने काममा ढिलाई गर्नु हुदैन भन्ने भावना आम जनतासंगै मेरो पनि हो । यही कामको लागि म जनताबाट निर्वाचित भएको हुँ । राष्ट्रमा ब्याप्त समस्या सामाधान गर्ने काममा राजनैतिक दलहरूले सक्रियता देखाउनु पर्ने हो । तर, लामो समय संविधानसभाको बैठक कसले बोलाउने भन्नेमा नै खेर गयो । यस्ता कुरा दलहरूले समयमा नै टुंगो नलगाउनु र हरेक ठाउँमा सत्ता र शक्तिको कुरा आउनुले कयौ कामलाई अबरोध पुर्‍याएको छ । तर पनि संविधानसभाको बैठक बोलाईएकोले अब काम सुचारु हुने छ भन्नेमा आसावादी भएको छु ।
यो संविधानसभाले आफ्नो दायित्व पूरा गर्नेमा कत्तिको विश्वस्त हुनु हुन्छ ?
मैले सधै जनतालाई भन्ने गरेको छु र आज पनि भन्छु –०६४ को संविधानसभाबाट संविधान बनाउन  पार्टीहरू चुक्नुको प्रमुख कारण संविधानसभाले गर्नु पर्ने काम संविधानसभा बाहिरबाट खोज्ने प्रयास गर्नुले हो । त्यति बेला सहमतिको नाममा केही नेताले ठूला होटल र ब्यक्तिको घरमा बसेर कफि खादै संविधानसभाको कामलाई ओझेलमा पार्ने कार्य गरे । तर, त्यसको उपलब्धी केहि पनि भएन । यो संविधानसभामा धेरै नयाँ र राजनैतिक रूपमा परिपक्क नेताहरू जितेर आएकाछन् । उनीहरूले आफ्नो भुमिका संविधानसभा भित्र बसेर खेल्नेमा म बिस्वस्त छु । अब हुने काम संविधानसभा बाहिरबाट होईन  संविधानसभा भित्रबाटै खोजिने छ । जे गर्नु छ हल भित्रबाट गर्नु पर्छ । सहमतिको नाममा बाहिर चलखेल गर्नु गलत हो । म बिस्वस्त छु यो संविधानसभाले सबै बिषयमा भित्र बसेर छलफल गर्ने छ र सहमतीको आधारमा जनतालाई एक वर्ष भित्र संविधान दिने छ । अब सबै दलहरू आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर संविधान बनाउन लागी पर्नेछन् । यसो गर्न सकियो भने सबै जनताको अपेक्षा पुरा हुने छ ।
निर्वाचन सम्पन्न भएको दुई महिना सम्म सपथ खान नपाएका सभासद्हरूले एक वर्षमा संविधान बनाउन सक्लान् ?
यो प्रश्न स्वभाबिकै हो । तर, वास्तबिकता के हो भने निर्वाचन पछि सबै निकायले निष्ठा पूर्वक काम गरेको भए पनि एक महिना समानुपातिक सभासद को प्रक्रिया टुंग्याउन लाग्थ्यो । पछिल्लो एक महिना भने त्यसै खेर गएको हो । अब आउने दिनको कुरा गर्ने हो भने पहिलो संविधानसभा र अहिलेको संविधानसभामा जनताको जनादेश फरक रूपमा आएको छ । अहिले धेरै परिपक्क अनुहारहरू संविधानसभामा आएका छन् । गएको संविधानसभाले गरेका निर्णय र सहमतीको बिषयहरूलाई यो संविधानसभाले ग्रहण गर्नु पर्छ । बाँकी रहेका बिवादित बिषयहरू र आउने थप बिषयलाई समावेश गरेर अगाडि बढनु पर्छ । अब केही नयाँ बिषय थप्नु पर्छ भन्ने पक्षपातीको म पनि हँु । हामीले बिर्सनु हुदैन  ०६९ जेष्ठ २ गते बालुवाटारमा दलहरू बिच एघारबुदँे सहमती भएको थियो । त्यो सहमतीमा जेठ १४ गते संविधान जारी गर्ने भन्नेमा सबैको एकमत थियो । आफैले गरेको त्यो सहमतीको दुई दिन पछि  उलंघन गर्दै एमाओवादीले जनजातीलाई आव्हाव गर्‍यो कि हामीले एकल जातिय पहिचानको संविधान बनाउन सकेनौ संविधानसभा घेर्न आउनु होस भनेर । एमाओवादीको आव्हवाको असर त्यति बेला संविधानसभा वरिपरि देखियो । त्यो एघाँर बुदेँ सहमती सबैले मान्ने हो भने अब हामीले तोकिएको समयमा संविधान बनाउन सक्छौ । त्यो सहमतीमा त्यति बेला बैद्यहरूको पनि सहमती थियो उनीहरूले पनि त्यो कुरा मान्नु पर्छ । त्यो सहमतीको आधारमा अगाडि बढने हो भने एक वर्ष पनि लाग्दैन संविधान बनाउन । म यति बेला सबै दल र नेताहरूसंग आग्रह गर्न चाहन्छु समय बर्वादको लागि छलफल गर्ने भन्दा निर्णायक काममा समय लगाउनुस् ।
अब थपिने विषय भनेको के हो ?
पहिलो संविधानसभामा सहमतिमा नपरेका तीन –चार वटा बिषय यो संविधान सभामा समेटनु पर्ने  मेरो धारणा छ । नेपालको वर्तमान राजनैतिक, साँस्कृतिक नेताहरू बिकास दिने र जनता बिकास माग्ने  प्रकारको छ । अब यस्तो हुनु हुदैन । यो सामान्ती साँस्कृति हो । नेताहरू विकास माग्ने हुनु पर्छ र जनतालाई दिनु पर्छ । नेपाली जनताले पार्टी र नेताहरूलाई धेरै दिएका छन् । बेला बेला भोट दिएका छन, विश्वास दिएका छन, सम्मान दिएका छन् । अब विकासको अधिकारलाई संविधानको मौलिकहकमा  प्रत्याभुति गर्नु पर्छ । खाद्य प्रभुताको अधिकारलाई कानुन बनाएर अगाडि बढाउनु पर्छ । राज्यको सम्पति मात्र हैन प्राकृतिक सम्पतिमा जनताको अधिकार हुनु पर्छ । रोजगारीको ग्यारेण्टी हुनु पर्छ । यी यस्ता कुराहरूलाई मौलीकहकमा प्रत्याभुति गरेर अगाडि बढनु पर्छ । यस्ता कुराहरूमा कोही कतै अल्झिनु हुदैन । यदि पहिलो ंसविधानसभाले संविधान बनाउन सकेको भए मुलुकले केही विकास गर्ने थियो त्यो हुन सकेन । दोस्रो संविधासभा रहर होईन बाध्यता हो । अब जनताको भावना बुझेर सबै अगाडि बढनु पर्छ ।
लाग्नु पर्ने ठाउँमा तपाँईं आफैँ आउनु भएको छ । कसलाई लाग्नु पर्छ भन्नु भएको हो ?
म पनि लाग्नु पर्ने ठाउँमा छु । नेताहरू भनेको ती हुन् जसलाई उनीहरूको आफ्नो पार्टीले पत्याएर पहिलो, दोस्रो र तेस्रो ठाउँमा राखेका छन् । उनीहरूलाई मुलुकले पत्याएको छ र सम्मान पनि गरेको छ । उनीहरूसँग काम गर्ने अधिकार र जिम्मेवारी दुवै छ । कांग्रेस, एमाले, एमाओवादी र मधेसी पार्टीका जिम्मेवार निकायमा रहेका केही नेताहरू प्रष्ट भएर लागिपर्ने हो भने समस्या कतै हुँदैन । उनीहरूले कुनै स्वार्थ वा बाहना नबनाउने हो भने समयमा संविधान बनाउन समस्या हुँदैन । हरेकपार्टीको अघिल्लो भागमा रहेका नेताहरूले कि समस्याको छिनोफानो गरेर अगाडि बढ्नु पर्छ, होइन भने हामीले सकेनौँ भनेर आफूभन्दा तल रहेका नेताहरूलाई बाटो छाडिदिनु पर्छ । हामी टुंगो लगाउँछौँ, सबै समस्याको । उहाँहरूले अहिलेसम्म नेपालको परिवर्तनमा धेरै गर्नुभयो । अब पनि सके गर्नु पर्छ नसके नयाँ पुस्तालाई नयाँ सोचको साथ काम गर भनेर छोडनु पर्छ । हरेकविषयमा बहस छलफल हुनसक्छ तर, छलफलको बहानाका वरिष्ठ नेताहरूले समय बर्बाद गर्नु हुँदैन । अब पनि ढिला हुनु भनेको मुलुकको सम्बृद्धिलाई पछाडि पार्नु हो । लोकतन्त्रलाई संस्थागत गर्न बाधा पुर्‍याउनु हो । यो मैले कुनै नेताप्रति आक्रोश पोखेको होइन मेरो चुनौति हो ।
एक वर्षभित्र संविधन बनेन भने मुलुकको अवस्था के होला ?
कसैले पनि एक वर्ष भित्र संविधान नबन्ने कुराको कल्पना गर्नु हुदैन । तर, पहिलो संविधानसभाको निर्वाचन हुने बित्तिकै देखि हामीलाई लागेको थियो संविधान बनाउन नसकेर संविधानसभा विघठन भएमा मुलुकमा के के न बिग्रह होला भन्ने । अहिले पनि त्यस्ता कुरा मनमा आउँछन । यस्तै कुरालाई बाध्यतात्मक रूपमा लिएर तोकिएको समयमा संविधान बनाउन दवाव दिनु पर्छ । पार्टी र नेताहरूलाई बिनासंविधान बाहिर आउन नसक्ने वातावरण बनाउनु पर्छ । त्यसो गर्दा पनि संविधान बनेन भने सबै पार्टीको समहतीमा बनेको अन्तरिम संविधान हाम्रो सामु छ । अन्तरिम संविधानमा अहिले संविधानसभामा रहेका र नरहेका बैद्यहरूको पनि सहमती थियो । यदि अन्तरिम संविधान पनि नभएको भए धेरै समस्या हुने थियो । पार्टीहरूले सहमती हुदाँ आफ्नो स्वार्थका लागि, आफना अक्षमता ढाँकछोप गर्नका लागि धेरै पटक संविधानसंशोधन गरेका छन् । यो जनताको चाहनामा भएको होइन । पार्टी र नेताहरूको चाहनामा भएको छ । अब फेरि केही परे हाम्रो सामु त्यही अन्तरिम संविधान छ । त्यसैले समयमा संविधान आएन भने कुनै बिग्रह होला भन्ने मलाई लाग्दैन । त्यही संविधानले बाटो देखाउँछ ।
त्यसो भए यो संविधानसभाले समयमा संविधान दिन नसक्दा फरक पर्दैन ?   
फरक पर्दैन । तर, अन्तरिमले राजनैतिक संकटलाई लम्ब्याउने काम गर्छ । यसलाई लामो समय लानु हुदैन । जनतासंग गरेको सबै बाचा र पार्टीहरूले गरेका राज्यको पुर्नसंचनाको परिकल्पना समयमा नै पुरा गर्नु पर्छ । जति समय लगाउछौ त्यति नै समस्या आउनु सक्छ । समयमा संविधान बनाउँदा मुलुकको मात्र हैन राजनैतिक दलहरूको पनि हित हुने छ । संविधान बनाउन सबै लागी पर्नु पर्छ । कुनै कारणले समयमा नै संविधान बनाउन सकिएन भने अन्तरिम संविधान छ त्यसको आधारमा अगाडि जानु पर्छ भन्ने मेरो भनाई हो ।
हिजोको उच्चस्तरीय राजनैतिक संयन्त्रलाई अब कायम गर्नु पर्छ कि पर्दैन ?
अब कुनै संयन्त्र वा केहीको नाममा संविधानसभा बाहिर कतै कुनै चलखेल गर्नु हुदैन । अब बाहिर चलखेल गर्ने संयन्त्रको आवस्यकता छैन । गएको संविधानसभामा जस्तो अब संयन्त्रको नाममा नेताहरू बरालिदै कहिले बुढानिलकण्ठ, कहिले गोदावरीमा कफी खान जानु पर्दैन । अब सबै कसरत  संविधानसभा भित्र हुनु पर्छ । सबै पार्टीका प्रमुख नेताहरू संविधानसभामा आएका छन् । जे गर्नु छ त्यहिको लबीमा बसेर गरे हुन्छ । अब बरालीएर समय खेर फाल्दै अन्यत्र भड्किनुको कुनै तुक छैन । हिजोको दिनमा संयन्त्रको नाममा बिषयलाई गम्भीर बनाउने र परिणामा केही पनि नदिने काम धेरै भयो अब त्यसो हुनु हुदैन । संबैधानिक प्रक्रिया भन्दा बाहिर गएर निर्वाचित निकाय, जनता र कार्यक्रतालाई अविश्वास गर्ने र मकजोर ठान्ने संस्कारको अन्त्य हुनु पर्छ । अरु कोही केही नजान्ने ठूला नेताहरू मात्र जान्ने सुन्ने हांै भन्ने सामन्ती संस्कृति र सोचको अन्त्य गर्नु पर्छ । मलाई लाग्छ अब प्रचण्डहरूले पनि सिकी सके होलान कसरी जनताको काम गर्ने भनेर । उनीहरू पनि त्यसै अनुरूप अगाडि बढनु पर्छ ।
समस्याग्रस्त विषयलाई कसरी टुंग्याउने ?
एकल जातीय पहिचान जस्ता कुरामा एमाओवादीले हिजो बखेडा झिके अब झिक्दैनन भन्ने लागेको छ । अनाआवस्यक बखेडामा फस्दा जनताले कस्तो मुल्याङ्गन गर्दा रहेछन उनीहरूले बुझे होलान । उनीहरूले पनि प्रजाजान्त्रिक संस्कृतिमा आएर जनादेशलाई मानेर अगाडि बढनु पर्छ संविधानसभा भित्र वा बाहिर रहेका सबैले । बैद्य माओवादीले हामीलाई बिश्वास गर्ने र पत्याउने हो भने उनीहरूसंग संविधानसभा बाहिर बसेर छलफल गर्न सकिन्छ । हामीलाई केही जान्दैनन, यीनीहरूको बिचार दृष्टिकोण केही छैन, बाहिर बस्ने हामी मात्र जान्ने हौ भन्ने सोच्नु भएन । उनीहरूले उठाएको राष्ट्रियताको कुरामा हाम्रो पनि सहमती छ । उनीहरूको सकारात्कम कुरामा हामी सहमत छौं । उनीहरू पनि सच्चिनु पर्छ । नेपालको वर्तमान राजनीतिलाई हेरेर हल्ला चल्न थालेको छ । भारतमा जस्तै नेपालमा पनि आमआदमी पार्टी जन्मन सक्छ भन्ने । यो मुर्खता र दास प्रबृती हो । भारतमा जे हुन्छ नेपालमा हुनु पर्छ भन्नु गलत सोचाई हो । नेपालको समस्या नेपाली आखाँले हेरेर समाधान गर्नु पर्छ । अफू र आफ्नो लोकतन्त्रलाई नचिनेर अरुको पछि लाग्नु गलत संस्कार हो । मेरो प्रतिबद्धता छ जहाँ जहाँ जस्ता खाले भ्रष्टचार छ सबै समाप्त गर्नु पर्छ भन्ने ।
एमालेको महाधिवेशन हुँदै छ, पार्टीमा विवाद पनि चरम उत्कर्षमा पुगेको छ । कसरी व्यवस्थापन हुन्छ । पार्टीभित्रको विवाद ?
एमालेले जनताको बहुदलीय जनवादलाई स्वीकार गरेको छ । जवजको मुल मर्म भनेको प्रतिस्पर्धा हो । चाहे त्यो आन्तरिक होस वा बाहिरी प्रतिस्पर्धा यो अनौठो होइन । आठौ महाधिबेशनबाट आन्तरिक लोकतान्त्रिक बिधिबाट नेतृत्व छान्ने परम्पराको सुरुवात भएको छ । अबको महाधिबेशनमा पनि त्यही पद्धतीबाट नेतृत्व छान्ने हो । यसलाई ठूलो टाउको दुखाईको बिषय बनाउनु पर्दैन । अहिले सुरु भएका छलफलहरू सहज छन् । हाम्रा नेताहरू जनताका छोराहरू हुन् । उनीहरूले पाउनु पर्ने एउटै सम्मानमात्र बाँकी छ त्यो हो राष्ट्रपति हुनु । अरु सबै सम्मान पाईसक्नु भएको छ । पार्टीमा हिजो प्रमुख भएर जिम्मेवारी समाली सक्नु भएकाहरूले अब अरुलाई पालो दिनु पर्छ । बिगतमा पार्टीको प्रमुख जिम्मेवारी सम्हाल्नु भएका नेताहरू कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालको पालो पुगी सक्यो । अब उहाँहरूले अरुलाई बाटो छोडनु पर्छ । नेपाली राजनीति उदार छ त्यसैले अब अरुको पालो हो । अब एमालेको अध्यक्ष कमरेड केपी ओली, कमरेड बामदेव गौतम, कमरेड ईश्वर पोखरेल मध्ये जो पनि हुन सक्छन् ।

प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया