काठमाडौं, २४ मंसिर । विगतको केहि महिना देखि एल.पि ग्यासको आयातमा कमि हुदै आएको नेपाल एल.पि ग्यास उद्योग संघले जनाएको छ । नेपाल आयल निगमवाट निर्धारित मासिक ग्यासको कोटाले केहि ग्यास उद्योगी कम्पनी बाहेक अधिकांश ग्यास उद्योगहरुको संचालन तथा कार्यलय व्यवस्थापन गर्न समेत कठिनाई उत्पन्न भएका कारण आयातमा कमी भएको संघले जनाएको छ ।
ग्यासको कोटा वृद्धिका लागी निगम संग पटक पटक छलफल तथा पत्राचार गदै आएको आएको भएपनि यस तर्फ चासो नदेखाएको जनाएको छ । निगमले तत्काल अर्थात सेप्टेम्बर मा करिव ८० प्रतिशत सम्म ग्यास आयात गरेकोमा अक्टोवर महिनामा ६५ प्रतिशत नोभेम्वर महिनामा ७४ प्रतिशत ग्यास आयात गरेता पनि पछिल्लो पटक ईण्डियन आयल कर्पोरेशनले ग्यास लोडिङमा कटौती गरेका कारण डिसेम्वर महिना ग्यासको आपुर्ति कम हुन गई ग्यास विक्री वितरणमा समेत प्रतिकुल असर परेको संघले विज्ञप्ति जारी गरी जनाएको छ ।
विगत ३ महिना देखि २५ देखि ४० प्रतिशत सम्म कम ग्यास आयात भैरहेको र हाल चिसोको मौसम पनि बढ्दै गैरहेको अहिलेको अवस्थाका साथै लोडसेडिङको समय समेत वृद्धि हुनुले विद्युतीय उपकरणको भार समेत ग्यासमा पर्न गई साविकको खपतमा २५ प्रतिशतले ग्यासको मागमा वृद्धि हुन जनाएको छ । तर गएको ५ महिना यता ग्यास आयात र लोडिङमा कमी भएका कारण ग्यास उद्योगीहरुलाई उपभोक्ताहरुको मागलाई व्यवस्थापन गर्न कठिनाई भैरहेको जनाएको छ ।
नेपाल आयल निगमले तत्कालै ग्यास आयात तथा लोडिङवृद्धिको लागि आवश्यक पहल गरी ग्यास आपूर्ति व्यवस्था सहज गर्न समेत संघले आग्रह गरेको छ । तत्कालै ग्यास आयातलागि पहल हुन नसकेमा केहि दिनमा नै बजारमा ग्यासको चरम अभाव हुन सक्ने जनाएको छ ।
प्रतिक्रिया