कांग्रेस सबैभन्दा ठूलो (मत परिणाम)

treeकाठमाडौं, १४ मंसिर । दोस्रो संविधानसभा चुनावको प्रत्यक्ष र समानुपातिक दुवैतर्फ कांग्रेस सबैभन्दा ठूलो दल बन्न सफल भएको छ । प्रत्यक्षमा १०५ सिट जितेर सबैभन्दा ठूलो दल बनेको कांग्रेस समानुपातिक प्रणालीतर्फ पनि पहिलो स्थानमा आएको छ ।

चुनावको करिब डेढ सातापछि बिहीबार सकिएको समानुपातिकतर्फको अन्तिम मतपरिणामअनुसार कांग्रेसले २४ लाख २१ हजार २ सय ५२ मत ल्याएर पहिलो स्थान कायम गरेको हो । कांग्रेसपछि दोस्रो स्थानमा एमालेले २२ लाख ४३ हजार ४ सय ७७ मत पाएको छ । ९१ सिट जितेर प्रत्यक्षतर्फ पनि एमालेले दोस्रो स्थान नै हासिल गरेको छ ।
निर्वाचन आयोगका अनुसार समानुपातिकमा सदर मत संख्या ९४ लाख ५७ हजार ८ सय ४४ मतमा कांग्रेस र एमाले पहिलो र दोस्रो स्थानमा आएका हुन् । अघिल्लो संविधानसभाको सबैभन्दा ठूलो दल एमाओवादी यसपटक तेस्रो स्थानमा झरेको छ । प्रत्यक्षमा २६ सिट जोडेको एमाओवादीले समानुपातिकतर्फ १४ लाख ३८ हजार ६ सय ६६ मत पाएको आयोगले जनाएको छ ।
प्रत्यक्षमा एक सिट पनि जित्न नसकेको राप्रपा नेपालले समानुपातिकमा भने चौथो नम्बरमा मत ल्याएको छ । राप्रपा नेपालले ६ लाख २४ हजार २ सय ८१ मत ल्याएको आयोगको वेबसाइटमा उल्लेख छ ।
विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले समानुपातिकतर्फ पाँचौँ नम्बरमा मत पाएको छ । प्रत्यक्षमा ४ सिट ल्याएको फोरम लोकतान्त्रिकले समानुपातिकमा २ लाख ६६ हजार २ सय ७६ मत ल्याएको हो । आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी समानुपातिकमा २ लाख ५९ हजार २ सय ३८ मत ल्याएर छैटौं ठूलो दल बनेको छ । राप्रपाले प्रत्यक्षमा ३ सिट जितेको छ । मधेसी जनअधिकार फोरम, नेपाल संविधानसभाको सातौँ पार्टी भएको छ । प्रत्यक्षमा २ सिट हासिल गरेको फोरमले समानुपातिकमा २ लाख १२ हजार ७ सय ३३ मत ल्याएको छ ।
तराई–मधेस लोकतान्त्रिक पार्टीले १ लाख ८० हजार ४ सय ३५, सद्भावना पार्टीले १ लाख ३३ हजार ५ सय २१, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी)ले १ लाख ३० हजार २ सय ६१, संघीय समाजवादी पार्टी, नेपालले १ लाख २१ हजार ५ सय ८०, राष्ट्रिय जनमोर्चाले ९२ हजार ४ सय ९८, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले ९१ हजार ९ सय ६४, राष्ट्रिय मधेस समाजवादी पार्टीले ७९ हजार ६ सय ८० र नेमकिपार्टीले ६६ हजार ६ सय ४२ मत ल्याएको आयोगले जनाएको छ ।
आयोगका अनुसार तराई मधेस सद्भावना पार्टी नेपालले ६५ हजार ४ सय ६७, राष्ट्रिय जनमुक्ति पार्टीले ६३ हजार ८ सय ३९,थरूहट तराई पार्टी नेपालले ६२ हजार ८ सय ९४, नेपाल परिवार दलले
५१ हजार ८ सय १९, दलित जनजाति पार्टीले ४९ हजार २ सय ४२, अखण्ड नेपाल पार्टीले ३६ हजार ८ सय ५१, नेपाली जनता दलले ३३ हजार २ सय ७८, मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)ले ३२ हजार ३१, खम्बुवान राष्ट्रिय मोर्चा, नेपालले ३० हजार ६ सय ८९, नेपा: राष्ट्रिय पार्टीले २८ हजार २०, जनजागरण पार्टी नेपालले २७ हजार ३ सय ९८, संघीय सद्भावना पार्टीले २६ हजार ८ सय ३५, मधेश समता पार्टी नेपालले २३ हजार ९ सय ८८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले २१ हजार ५ सय ८१, समाजवादी जनता पार्टीले २१ हजार ५ सय ३९ मत ल्याएका छन् ।
२० हजारभन्दा बढी मत ल्याउने दलको संख्या ३० रहेको आयोगले जनाएको छ । अन्तिम मतपरिणामअनुसार समानुपातिकमा कांग्रेसले ९१, एमालेले ८५, एमाओवादीले ५४, राप्रपा नेपालले २३, फोरम (लोकतान्त्रिक)ले १०, राष्ट्रिय प्रजातन्त्र पार्टीले १०, फोरम, नेपालले ७ सिट ल्याउने देखिन्छ । समानुपातिकतर्फको ३३५ सिटका लागि १२२ दलले उम्मेदवारको बन्दसूची आयोगमा पेस गरेका थिए । १० हजार ७ सय ९ उम्मेदवार बन्दसूचीमा छन् । बन्दसूचीबाट दलहरूले प्राप्त गरेको मतको अनुपातमा संविधानसभाका लागि प्रतिनिधि छान्नेछन् ।

 

निर्वाचन आयोग
संविधान सभा सदस्य निर्वाचन, २०७०
समानुपातिक निर्वाचनको मत गणनाको परिणाम

गणना भएको निर्वाचन क्षेत्र संख्या : २४०

क्र.स. राजनैतिक दल प्राप्त मत
नेपाली काँग्रेस

२४२१२५२

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले)

२२४३४७७

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

१४३८६६६

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल

६२४२८१

मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक)

२६६२७६

राष्ट्रिय प्रजातन्त्र पार्टी

२५९२३८

मधेशी जनअधिकार फोरम, नेपाल

२१२७३३

तराई–मधेश लोकतान्त्रिक पार्टी

१८०४३५

सद्भावना पार्टी

१३३५२१

१० नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)

१३०२६१

११ सङ्घीय समाजवादी पार्टी, नेपाल

१२१५८०

१२ राष्ट्रिय जनमोर्चा

९२४९८

१३ नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)

९१९६४

१४ राष्ट्रिय मधेश समाजवादी पार्टी

७९६८०

१५ नेपाल मजदुर किसान पार्टी

६६६४२

१६ तराई मधेश सदभावना पार्टी नेपाल

६५४६७

१७ राष्ट्रिय जनमुक्ति पार्टी

६३८३९

१८ थरुहट तराई पार्टी नेपाल

६२८९४

१९ नेपाल परिवार दल

५१८१९

२० दलित जनजाति पार्टी

४९२४२

२१ अखण्ड नेपाल पार्टी

३६८५१

२२ नेपाली जनता दल

३३२७८

२३ मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)

३२०३१

२४ खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल

३०६८९

२५ नेपाः राष्ट्रिय पार्टी

२८०२०

२६ जनजागरण पार्टी नेपाल

२७३९८

२७ संघीय सद्भावना पार्टी

२६८३५

२८ मधेश समता पार्टी नेपाल

२३९८८

२९ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)

२१५८१

३० समाजवादी जनता पार्टी

२१५३९

३१ संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल

१८६८०

३२ नेपाल कम्युनिष्ट पार्टी

१८१५८

३३ नेपाल युवा किसान पार्टी

१६७८२

३४ नेपाल जनता पार्टी

१५९३३

३५ नेपाल सद्भावना पार्टी

१५६०८

३६ खस समावेशी राष्ट्रिय पार्टी

१५२३७

३७ तराई मधेश पहाड हिमाल एकता पार्टी

१२६०५

३८ अखण्ड सुदूरपश्चिम पार्टी नेपाल

१२३३६

३९ मधेश तराई फोरम

११३६५

४० राष्ट्रिय स्वाभिमान पार्टी नेपाल

११२४१

४१ लोक दल

१०९५३

४२ जनता दल नेपाल

१०५९५

४३ नेपाल लोकतान्त्रिक समाजवादी दल

१०३९१

४४ जनता दल लोकतान्त्रिक पार्टी

१००९०

४५ जन प्रजातान्त्रिक पार्टी

८५१७

४६ शिवसेना नेपाल

८३९७

४७ पिछडावर्ग निषाद दलित जनजाति पार्टी

८३४८

४८ मंगोल नेशनल अर्गनाइजेशन

८२४८

४९ नव नेपाल निर्माण पार्टी

८०६१

५० चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल

७९९६

५१ नेपाल कम्युनिष्ट पार्टी (मालेमा) साम्यवादी

७७८६

५२ नेपाल शान्ति क्षेत्र परिषद्

७७३७

५३ नेपाल गणतान्त्रिक एकता पार्टी

७१९९

५४ संघीय लिम्बुवान राज्य परिषद

७०६३

५५ विश्व सत्यवादी पार्टी

६६९०

५६ सहकारी पार्टी नेपाल

६१३९

५७ राष्ट्रिय जनता दल नेपाल

६०४२

५८ शान्ति पार्टी नेपाल

६०२९

५९ संघीय समावेशी समाजवादी पार्टी, नेपाल

५९८२

६० गरीब एकता समाज पार्टी, नेपाल

५८६१

६१ मधेशी जनअधिकार फोरम मधेश

५८३६

६२ राष्ट्रिय यथार्थवादी पार्टी नेपाल

५५०४

६३ नेपालआमा पार्टी

५४९५

६४ जनता दल युनाइटेड

५३८९

६५ राष्ट्रिय शिवसेना पार्टी

५३८३

६६ राष्ट्रिय मधेश बहुजन समाजवादी पार्टी

५२७३

६७ राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल

५२५९

६८ संयुक्त राष्ट्रवादी मोर्चा नेपाल

५२२९

६९ चुरेभावर लोकतान्त्रिक पार्टी

५०८६

७० नेपाल लेबर पार्टी

४८३४

७१ नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)

४८२२

७२ नेपाल नागरिक पार्टी

४७९३

७३ बहुजन समाज पार्टी नेपाल

४७८३

७४ राष्ट्रिय नागरिक पार्टी

४६६६

७५ चुरेभावर राष्ट्रिय पार्टी

४६५९

७६ नेपाल सद्भावना पार्टी (युनाइटेड)

४५८०

७७ जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स

४४७८

७८ हिन्दु प्रजातान्त्रिक पार्टी, नेपाल

४२४४

७९ नयाँ नेपाल राष्ट्रिय पार्टी

४११७

८० जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल

४०६२

८१ देशभक्त समाज

३९०२

८२ नेपाल समावेशी पार्टी

३८९६

८३ नेपाल जनसमावेशी एकता पार्टी

३७५२

८४ लिम्बुवान मुक्ति मोर्चा

३७५२

८५ लिबरल डेमोक्रेटिक पार्टी

३७३७

८६ नेपाल कम्युनिष्ट पार्टी (माले–समाजवादी)

३६४४

८७ जनता पार्टी नेपाल

३५९८

८८ देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा

३५४२

८९ राष्ट्रिय चुरेभावर पार्टी

३४६२

९० नेपाल राष्ट्रिय विकास पार्टी

३४१७

९१ नेपाल गौरवशाली पार्टी

३३९०

९२ सोसल रिपब्लिकन पार्टी

३३६०

९३ राष्ट्रिय एकता पार्टी

३३४२

९४ युनाइटेड ग्रीन अर्गनाइजेशन

३२६५

९५ जनमोर्चा नेपाल

३१९०

९६ नेपाल राष्ट्रसेवा दल

३१३६

९७ लोकतान्त्रिक पार्टी–नेपाल

३११२

९८ नयाँ संघीयता जनधारणा पार्टी

३०२३

९९ मातृभूमि नेपाल दल

३००६

१०० नेपाल राष्ट्रिय यातायात विकास दल

२९६१

१०१ राष्ट्रवादी एकता पार्टी

२९१२

१०२ लिम्बुवान मुक्ति मोर्चा नेपाल

२८५५

१०३ राष्ट्रिय जन विकास पार्टी

२७४१

१०४ नेपाल समाजवादी पार्टी (लोहियावादी)

२७०८

१०५ संघीय विकासवादी पार्टी नेपाल

२६४८

१०६ राष्ट्रवादी जनता पार्टी

२५१२

१०७ नेपाल जनभावना पार्टी

२४३२

१०८ नेपाल न्यायिक दल

२३८४

१०९ तामाङसालिङ राष्ट्रिय जनएकता पार्टी

२३१०

११० संयुक्त जनमोर्चा

२२३२

१११ श्रमिक जनता पार्टी–नेपाल

२०४२

११२ राष्ट्रिय मधेश एकता पार्टी, नेपाल

२०३५

११३ ॐ सेना नेपाल

२०२१

११४ हरियाली नेपाल पार्टी

१९३१

११५ नेपाल मधेशी जनता दल (समाजवादी)

१९०२

११६ नेपाल श्रमजिवी दल

१८९०

११७ युवा शक्ति नेपाल पार्टी

१८४४

११८ लिग नेपाल शान्ति एकता पार्टी

१८१८

११९ लोकतान्त्रिक जनता पार्टी नेपाल

१७२४

१२० तराई पहाड हिमाल समाज पार्टी

१६९४

१२१ राष्ट्रिय लोकतान्त्रिक युवा पार्टी

११९०

१२२ नेपाली जनता पार्टी

९९६

जम्मा

९४५७८४४

प्रतिक्रिया