परिर्वतनकारी शक्तिको जितले संविधान बन्ने थापाको दाबी

Karna-Thapaबाजुरा, १० मंसिर । संविधान सभा निर्वाचन २०७० मा बाजुराबाट संबिधान सभा सदस्यमा निर्वाचीत नेकपा एमालेका नेता कर्णबहादुर थापाले परिबर्तनकारी शक्तिले जितेको हुदा देशले समयमै संविधान पाउने दावि गरेका छन् ।

थापा नेपाली काँग्रेसका उम्मेदवार मनबहादुर रावललाई ४४३३ मतले पछि पार्दै पहिलो पटक विजयी भएका हुन् । नेपाली काँग्रेसका उम्मेदवारसँग २ पटक पराजय बेहोरेका थापाले २२४५८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका मनबहादुर रावलले १८१२५ मत प्राप्त गरे । यो निर्वाचनमा एमालेले काँग्रेसको किल्लालाई लालकिल्लाका रुपमा स्थापीत गरेको थापा बताउछन् । विजय घोसणा सभामा बोल्दै थापाले जिल्लामा रहेका ५८ हजार ८ सय १० मतदाता मध्ये ४८६६२ मत खसेको थियो । जसमा १०७१ मत बदर भएको छ भने ४७५९१ मत सदर भएको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । ६ गतेसाँझबाट मत गणना कार्य सुरु गरिएपनि नतिजा तीनदिन पछि मात्र सार्वजनिक भएको हो । एमाले र काँग्रेस बीच प्रतिस्पर्धा देखिएपनि नेपाली काँग्रेसले अग्रता भने मतगणना अवधी भर लिन सकेन । १५ वटा उम्मेदवारले चुनावमा भाग लिएका भएपनि अन्य साना दलले भने आफ्नो जमानत समेत फिर्ता गर्न सक्ने जनमत पाएका छन् ।
एकीकृत नेकपा माओवादीले तेस्रो शक्तिका रुपमा कायम रहि ५६१३ मत प्राप्त गरेको छ । बाजुरामा राप्रपा का चन्द्रबहादुर शाह ५३२ मत ल्याएर चौथो भए । । जिल्लाका २७ गाविसको अलग अगल मत गणना गरिए अनुसार एमाले बह्मतोला, पाण्डुसैन, मार्तडी दहकोट, जुगाडा, आटीचौर, बाह्विस, मानाकोट, डोगडी जुकोट, गोत्री, साप्पाटा, वाई, बाँधु कोल्टी, काँडा र जगन्नाथ गरी १७ गाविसमा अग्रता कायम गरेको छ । भने नेपाली काँग्रेसले कुल्देवमाण्डौ, कैलाशमाण्डौ, गुदुखाती, तोली, छतारा, बुढीगंगा, कोटीला रुगीन, र जयवागेश्वरी गरी ९ र एमाओवादी बिच्छ्या गाविसमा अगाडी देखिएको छ ।
अघिल्लो संविधान सभाको निर्वाचनमा एमाओवादी तेस्रो शक्ति बनेपनि १३ हजार १ सय ५५ मत प्राप्त गरेको थियो । नेपाली काँग्रेसले १९ हजार २ सय ७१ मत प्राप्त गरी पहिलो शक्ति बनेको थियो । एमाले १४ हजार ४ सय ६९ मत प्राप्त गरी एमाले दोस्रो शक्ति बनेको थियो । २०५१ सालमा नेपाली काँग्रेसका देवराज जोशीलाई पराजित गर्दै एमालेका हिक्मतबहादुर शाहीले एमालेले जिल्लामा पहिलो जित दर्ता गराउनु भएको थियो । शाहीले त्यतिबेला २१ हजार ०१३ मत प्राप्त गर्नु भएको थियो ।
यो निर्वाचनमा सहभागि साना दलहरुले राप्रपा ५३२, राप्रपा नेपालले ६५, आमा पार्टीले ५७ स्वतन्त्र उम्मेदवार देवगिरीले १७, संघिय समाजवादी पार्टीले ८८, अखण्ड सुदुरपश्चिम पार्टी १६, अखण्ड नेपाल पार्टी ५४, खस समावेशी राष्टिय पार्टी १६०, राष्टिय जनमोर्चा १९, समाजवादी जनता पार्टी, १३८, राष्टिय जनमुक्ती पार्टी १७९ र नेपाल परिवार दलले ७० मत प्राप्त गरेको छ । यो परिमाण अनुसार एमाले काँग्रेस र एमाओवादी बाहेक सबैको जमानत फिर्ता नहुने भएको छ । आइतबाट समानुपातिक तर्फको मत गणना सुरु भएको छ ।

प्रतिक्रिया