मास्टर राईलाई अमेरिकामा स्वागत

काठमाडौं : अन्र्ताष्ट्रिय खुला फेन्ड्सिप तेक्वान्दो च्याम्पियनसिप र युएसडब्लुसि तेक्वान्दो हलिउड स्कुलल लन्डनबाट आएको मास्टर राष्ट्र राईलाई अमेरिकाको पोर्टल्यान्डमआ शुक्रबार स्वागत गरेको छ । उनी  अन्तर्राष्ट्रिय ओपन फेन्ड्सिप तेक्वन्दो च्याम्पियनसिको बोर्डको निमन्त्रणामा पोर्टल्यान्ड आएका हुन् । अन्तर्राष्ट्रिय ओपन फेन्ड्सिप तेक्वान्दो च्याम्पियनसिपको बोर्ड मिटिकका लागि हेर्डक्र्वाटर आइपुगेका हुन् । अब लन्डनमा ओपन फेन्ड्सिप तेक्वान्दो च्याम्पियनसिप हुन लागेको छ । मास्टर राई २२ देखि २६ नोभेम्बरसम्म पोर्टल्यान्ड ओर्गेनमा रहने छन् ।
राई सगरमाथा तेक्वान्दो डोजाङका अध्यक्ष र  इन्द्र गुरुङ १० औ अन्तर्राष्ट्रिय ओपन फेन्ड्सिप तेक्वान्दो च्याम्पियनसिपका सह संयोजक हुन् । १० औ अन्तर्राष्ट्रिय ओपन फ्रेन्ड्सिप च्याम्पियनसिपमा २६ देखि २७ जुलाईसम्म लन्डनमा हुदै छ । (सौस)

प्रतिक्रिया