उपाध्यक्ष श्रेष्ठ दक्षिण कोरिया प्रस्थान

Pankaj-Shresthaकाठमाडौ : नेपाल तेक्वान्दो संघका उपाध्यक्ष वरिष्ठ प्रहरी उपरीक्षक पंकज श्रेष्ठ दक्षिण कोरियाको राजधानी सिओलमा आयोजना हुन लागि रहेको विश्व प्रहरी तेक्वान्दो महासंघको साधारण सभामा नेपालको तर्फबाट सहभागी हुन त्यस तर्फ प्रस्थान गरेकाा छन्. ।
श्रेष्ठलाई एक समारोह बिच नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले विदाई गरे । उक्त विदाई कार्यक्रममा नेपाल तेक्वान्दो संघका निर्देशक केशव गौतम तथा संघका अन्य पदाधिकारी तथा कर्मचारी र खेलाडीहरूको उपस्थिति थियो ।
तेक्वान्दो खेल एक सामरिक युद्ध कला भएको र परपुर्वकालमा आत्मरक्षा लगायत देशको रक्षा गर्न प्रशिक्षण गराईने गरेकोमा हाल उक्त युद्ध कलालाई संसारभरका प्रहरी संगठनमा कसरी विकास र विस्तार गर्न सकिन्छ र यस खेलको माध्यमबाट अन्य राष्ट्रका प्रहरी संगठनसंगको भाइचारा तथा भातृत्व एंव सम्बन्ध स्थापित गर्नुका साथै एक अर्कासंगको सम्बन्धमा सुमधुर हुनेकुरा विश्वास गरिएको छ । विदाई कार्यक्रममा श्रेष्ठले नेपालमा पनि यस खेललाई प्रहरी संगठनमा बृहतरूपमा विकासित गरी सम्पुर्ण प्रहरी बलको मनोबल उचो बनाउनकासाथै सामाजिक अराजकता तथा विभिन्न अपराधिक क्रियाकलापलाई निस्तेज बनाउन ठुलो सहयोग हुने बताए ।
साधारण सभामा विश्वका करिब ६० वटा भन्दा बढी प्रहरी संगठनहरूको सहभागिता रहने र यस सभाले विश्व प्रहरी तेक्वान्दो महासंघको केन्द्रीय कार्य समितिकोसमेत चयन गर्नेछ । साधारण सभा दुईदिनसम्म संचालन हुनेछ । (सौस)

प्रतिक्रिया