मकवानपुरमा ५५ वर्षपछि काँग्रेस

Treee-NCमकवानपुर, ८ मंसिर । नेपालको राष्ट्रिय राजनीतिमा महत्वपुर्ण क्षेत्र मानिने गरेको मकवानपुरमा नेपाली काँग्रेसले २०१५ साल पछि पहिलो पटक जीत हात पारेको छ । मकवानपुर क्षेत्र नं १ बाट नेपाली काँग्रेसका इन्द्रबहादुर बानिया ११ हजार ८ सय ८२ मत प्राप्त गरी विजयी भए । २०१५ सालमा सो क्षेत्रमा तत्कालीन काँग्रेसका विश्वबन्धु थापा विजयी भएका थिए । थापा पछि नेपाली काँग्रेसको तर्फबाट कुनै पनि उम्मेदवारले मकवानपुरमा जीत दर्ता गराउन सकेको थिएन् । बानियाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अनुराज जर्गामगरले ९ हजार ५ सय २२ मत प्राप्त गरेका छन् । मकवानपुरका अन्य दुइ वटा क्षेत्रमा भने नेकपा एमालेले जीत दर्ता गराएको छ । यस अघिको संविधानसभा निर्वाचनमा मकवानपुरका चार वटै क्षेत्रमा तत्कालिन माओवादीले जीत दर्ता गराएको थियो । मकवानपुर क्षेत्र नम्वर २ मा यस पटक

एमालेका सुभाषचन्द्र ठकुरी ११ हजार ९११ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्धन्दी एनेकपा माओवादीका नारायणकाजी श्रेष्ठले १० हजार ७ सय ४४ मत प्राप्त गरे । त्यस्तै क्षेत्र नं ३ बाट एमालेका अनन्तप्रसाद पौडेलले १४ हजार २ सय ५७ मत पाएर विजयी भए  । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका दीपकबहादुर सिंहले ११ हजार ४ सय ६१ मत प्राप्त गरे । त्यसैगरी क्षेत्र नं ४ बाट एमालेका राजाराम स्याङ्तानले १० हजार ९ सय ४ मत पाएर विजयी भए हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी एनेकपा माओवादीका सोनाम सिंह स्याङ्तानले ७ हजार ७ सय ८८ मत प्राप्त गरे ।

प्रतिक्रिया