मोरङमा गच्छेदार र यादव पराजित

upendraकाठमाडौं, ७ मंसिर । मधेसी जनअधिकार फोमर नेपालका अध्यक्ष उपेन्द्र यादव र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदार मोरङमा पराजित भएका छन् ।

गच्छेदार–७ र यादव मोरङ–५ मा उम्मेदवार थिए । गच्छेदार र यादवलाई कांग्रेसका उम्मेदवारले पराजित गरेका हुन् । मत परिणाम आफू अनुकुल नभए पछि धाँदली भएको भन्दै दुबै फोरमले विरोध जनाएका छन् । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मतगणना प्रक्रिया नै वहिष्कारको घोषणा गरेका छन् । गच्छेदारले पनि मतगणना बहिष्कार गरेको प्रतिक्रिया दिएका छन् ।

मोरङ–५ कांग्रेसका अमृत अर्याल विजय भएका छन् । उनले ८ हजार ८ सय ४४ मत सहित विजयी भएका हुन् । अर्यालले फोरम नेपालका अध्यक्ष यादवलाई पराजित गरेका थिए । यादवले ७ हजार ९ सय ५२ मत पाएका थिए ।

मोरङ–७ मा कांग्रेसका शेखर कोइराला विजयी भएका छन् । उनले ११ हजार ३ सय ८६ मत पाएका छन् । फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छेदारलाई पराजित गरेका छन् । गच्छेदारले ९ हजार ८ सय ५० मत ल्याएका छन् ।

प्रतिक्रिया