काठमाडौंको मतगणना नयाँबानेश्वरमा

काठमाडौ, ४ मंसिर । संविधानसभा निर्वाचनमा काठमाण्डौ, भक्तपुर र ललितपुरको मतगणना स्थल तय भएका छन् । साझ ५ बजे मतदान सकिएपछि काठमाडौका मत मतपेटिकाहरू विघटित संविधानसभाको भवन नया बानेश्वरमा ल्याई मतगणना गरिने काठमाडौका मुख्य निर्वाचन अधिकृत अच्युत बिष्टले जानकारी दिए । त्यसैगरी ललितपुरको मतगणना स्थल जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ( स्टाफ कलेज) लाई तोकिएको ललितपुरका जिल्ला निर्वाचन अधिकारी शान्ता नेपालले जानकारी दिए । भक्तपुरको मतगणना सानोठिमीस्थित शिक्षा विभागको कार्यालयमा हुने बताइएको छ । बिहान ७ बजेदेखि हुने मतदान साझ ५ बजे सकिए लगत्तै मतपेटिका मतगणनास्थल पुर्‍याएपछि सबै उम्मेदबार प्रतिनिधिको रोहबरमा मतगणना

सुरु हुनेछ ।

प्रतिक्रिया