‘सुरक्षा व्यवस्था अत्यन्तै राम्रो मिलाएका छौं’

Madhav-Poudel-Ministerकाठमाडौं, ३ मंसिर । सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले मतदाताका लागि निर्वाचन बुथसम्म जाने र मतदान गरेर घरसम्म फर्किन सम्पूर्ण सुरक्षा ब्यवस्था मिलाएको दाबी गरेका छन् ।

राजधानीमा आज (सोमबार) पत्रकारसँग कुरागर्दै मन्त्री पौडेलले सुरक्षालाई लिएर कसैले चिन्ता लिन नपर्ने बताए । ‘सरकारले सुरक्षाको अवस्था हेरेर अतिशंबेदनशील, संबेदनशील र सामान्य क्षेत्रमा विभाजित गरी सुरक्षा रणनीति कार्यान्वयन गरेको छ,’ उनले भने ।

मन्त्री पौडेलले मुलुकका विभिन्न स्थानमा भएका छिटफुट घटनालाई लिएर सुरक्षा अवस्थाप्रति प्रश्न उठाउन नहुने बताए । उनले ढुक्क भएर मतदान प्रक्रियामा भाग लिन आग्रह पनि गरे ।

प्रतिक्रिया