इलाम, ३ मङ्सिर । नेपालबाट निरक्षरता उन्मूलन गरी सबैलाई साक्षर बनाउने राष्ट्रिय लक्ष्य बमोजिम चालु आवमा एक करोड विनियोजन गरिएको जिल्ला शिक्षा कार्यालय इलामले जनाएको छ ।
सन् २०१५ सम्ममा निरक्षरता हटाउने लक्ष्यका साथ जिल्लाका १५ हजार निरक्षरलाई साक्षर बनाउन सरकारले यस वर्ष एक करोड विनियोजन गरेको छ ।
सरकारले चालु आर्थिक वर्षमा जिल्लाका १४ गाविसका निरक्षरलाई साक्षर बनाउन साक्षरता अभियान सञ्चालन गर्न लागेको हो । जिल्लामा सामुदायिक अध्ययन केन्द्रले साक्षरता अभियान चलाउने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
गाविसमा भएको निरक्षरको सङ्ख्याका आधारमा कोटा निर्धारण गरेर कक्षा सञ्चालन गरिने बताइएकककाो छ । गत आवमा जिल्लाका १४ गाविसमा यो कार्यक्रम लागू गरी ११ हजार ६९७ जनालाई साक्षर बनाइएको थियो ।
तीन वर्षदेखि क्षेत्र निर्धारण गरेर इलाममा कार्यक्रम भइरहेको छ । आव २०६७/६८ देखि अभियान सुरु भएको हो । पहिलो वर्ष छ हजार १३५ जनालाई साक्षर बनाइएको र त्यसका लागि ७८ लाख ६१ हजार खर्च गरिएको कार्यालयले जनाएको छ ।
त्यस्तै आव ०६८/६९ मा ५७ लाख खर्च गरेर सात हजार ४ सय तीनजनालाई साक्षर बनाइएको थियो । जिल्लामा १५ वर्षभन्दा माथिका नागरिक निरक्षर छन् । प्रौढ महिलाको सङ्ख्या धेरै रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । फाकफोक, धुसेनी, सोयाङ, जमुना, नयााबजार, इरौटार, कन्याम, नामसालिङ, शान्तिपुर, इभाङ, बााझो, लक्ष्मीपुर, महमाई र चुलाचुलीमा साक्षरता अभियान सञ्चालन हुने जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले जानकारी दिएका छन् ।
प्रतिक्रिया