सार्वजनिक मुद्दा दायर गरी कारबाही

चितवन, २ मंसिर । बम बनाउने सूत्रसहित फेला परेका र विभिन्न आपराधिक क्रियाकलाप गरी हिडेको आरोपमा १३ जनालाई चितवन प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरेर कारबाही सुरु गरेको छ ।

शनिबार चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले चितवन प्रशासनमा सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही सुरु गरेको जानकारी दिए  । पूर्वी चितवनको खैरहनीमा नक्कली बमसहित पक्राउ परेका एक र चितवनका विभिन्न स्थानमा बम बनाउने सूत्रसहित पक्राउ परेका दुई जनासहित १३ जनालाई कारबाही थालिएको हो । कात्तिक २७ गते विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको थियो । अघिल्लो दिन २६ गते राति गुडिरहेको बसमा आगजनी गर्नेलाई खोजीको क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । चितवनका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सञ्जय राउतका अनुसार उनीहरूलाई चितवनको मुग्लिन, रामनगर, भरतपुर खैरहनी तथा रामपुरलगायत क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये कतिपय आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएको छ । पक्राउ परेकामध्ये केही व्यक्ति जिल्ला बाहिरका पनि रहेको प्रहरीले जनाएको छ । वैद्य मोर्चाको हड्तालसागै जिल्लामा आपराधिक गतिविधि बढेपछि यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चितवनमा दर्जनौा स्थानमा नक्कली बम प्रहरीले फेला पारेको छ ।

प्रतिक्रिया