गोजरियो करातेमा नेपाल पहिलो

Gojoriyo-Karate-Dhangadiधनगढी : धनगढीमा आयोजीत चौथो खुल्ला अन्तराष्ट्रिय आमन्त्रण कराते प्रतियोगिताको उपाधि नेपाली टोलीले जितेको छ । नेपालले २७ स्वर्ण, २७ रजत र ४२ काश्य पदक जितेको छ । यसैगरी, श्रीलंकाले २२ स्वर्ण, १५ रजत र ३९ काश्य पदक जित्यो । भारतले २० स्वर्ण, २४ रजत र ४७ काश्य पदक जित्यो । भुटानले ६ स्वर्ण, १२ रजत र १५ काश्य पदक हता पार्‍यो । बंगलादेशले २ स्वर्ण, रजत र १३ काश्य पदक हात पार्‍यो । पाकिस्तानले एक स्वर्ण, दुइ रजत र दुइ काश्य पदक जित्यो ।
तीन दिने प्रतियोगितामा ५ सय ३० खेलाडीको सहभागिता रहेको थियो । माल्दीभ्स हित सात देशको सहभागिात रहेको प्रतियोगितामा प्रमुद रेफ्रिको रुपमा बिसन सि.ह मोते रहेका थिए । ५० जनाको रेफ्रि प्यानलले प्रतियोगिात सञ्चालन गरेको थियो ।
प्रतियोगिताका विजेता खेलाडीलाई प्रमुख अतिथी खेलकुद मन्त्री राम कुमार श्रेष्ठले पुरस्कार वितरण गरे । सुदुर पश्च्मिाञ्चल गोजुरियो कराते संघको आयोजनामा सञ्चालीत प्रतियोगिताका सं्रयोजक नारद मुनी राना रहेका थिए । समापन समारोहमा गोजुरियो कारते खेलाडी जनक सिंह खड्कालाई सम्मान गरियो भने गंगेश्वरी शाही उत्कृष्ट खेलाडी घोषित भइन् । उनले १० हजार रुपिया पुरस्कार पाइन् ।

प्रतिक्रिया