रुपन्देही–३ मा भुसाल र खाणको भिडन्त

balkrishna_khandभैरहवा, २९ कात्तिक । मुलुकका बढी चर्चा हुने चुनावी क्षेत्र मध्ये रुपन्देही क्षेत्र नम्बर ३ पनि एक हो । कुल ६३ हजार ९ सय ९० मतादाता रहेको यस क्षेत्रमा ११ वटा गाबिस छन् ।

यस क्षेत्रमा माक्र्सवादका प्रखर विश्लेषक भनेर चिनिने एमालेका युवा नेता तथा पुर्व मन्त्रि घनश्याम भुसाल र नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पुर्व मन्त्रि बालकृष्ण खाँणबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
यस क्षेत्रमा कांग्रेस, एमाले र अन्य बिभिन्न दलका २९ र ७ जना स्वतन्त्र गरी ३६ जना उम्मेदवार चुनावी दौडमा छन् । खाँण र भुषालको मुख्य चुनावी भिडन्तकाबीच एकिकृत माओबादीका अबध राज्य समिती सदस्य भरत अर्याल र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सन्तराम चौधरी पनि पछि पछि रहेको स्थानिय पत्रकार दिवाकर पन्थिले जानकारी गराए । जनमुक्तिका झम बहादुर गुरुंग नेपाली कांग्रेसका पूर्वस्थानिय नेता भएकाले उनले खाँणको भोट काट्ने र कांग्रेसका पुर्व जिल्ला सभापति रामचन्द्र ढकाल खाँणप्रति असन्तुष्ट भई अहिले सपरिवार भारत भ्रमणमा गएकाले पनि खाँणलाई समस्या पर्ने पत्रकार पन्थिको विश्लेषण छ ।
यसको अतिरिक्त सो क्षेत्रबाट राष्ट्रिय जनमुक्ती पार्टीका झम बहादुर गुरुंग, तराई मधेश लोकतान्त्रिक पार्टीका सुरेस प्रजापति, अखण्ड पार्टि नेपालका दलबहादुर घर्ति क्षेत्री, राप्रपाका दुर्गा बहादुर कार्कि पनि ससक्त उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् । ०६४ सालको साबिधान सभा निर्वाचनमा नेपाली कांग्रेसका बालकृष्ण खाँणले १६ हजार ७ सय ९० मत ल्याएर बिजयी भएका थिए । खाँणका प्रतिद्धन्दी नेकपा एमालेका लिला गिरीले १५ हजार ८ सय ४८ मत र एकिकृत माओवादीकी तेज कुमारी पौडेल तेस्रो भएकी थिइन् ।
यसपटकको निर्वाचनमा खाँण र भुषाल क्षेत्र नम्बर ३ का ससक्त उम्मेदवार भएका कारण यी दुई उम्मेदवार बिचनै कडा प्रतिस्प्रर्धा हुने प्राध्यापक दामोदर भुसालको तर्क छ । प्राध्यापक भुसाल रुपन्देही क्षेत्र नम्बर ३ मा कांग्रेसका खाँण भन्दा एमालेका भुसाल शसक्त रुपमा जनताबीच प्रस्तुत भएको बताउँछन् । उनले भने ‘एमाले उम्मेदवार भुसाल युवा तथा प्रखर र बौद्धिक व्यक्तित्व भएका नेता हुन् । दोस्रो कुरा रुपन्देही ३ एमालेको उर्वर भूमी हो भने सांगँठानिक आधार बलियो छ । तेस्रो कुरा जितेर गएपछि पनि राष्ट्रिय राजनीतीमा प्रभाव पार्न सक्ने र संविधानमा यस क्षेत्रका जनताका कुरालाई बहुपहिचानका आधारमा लेख्ने मामलामा हस्तक्षेपकारी भूमीका खेल्न सक्ने भुसालको हैसियत छ ।’
बौद्धिक शालिन तार्किक ब्यक्तित्वका रुपमा अन्तर्राष्ट्रिय रुपमा परिचीत एमालेका शसक्त युवा उम्मेदवार भुषालको उम्मेदवारी पछि कांग्रेसका उम्मेदवार खाँण निकै समस्यामा परेको युवा संघ रुपन्देही जिल्ला अध्यक्ष सरिता श्रीसले बताइन् । अर्काै तर्फ मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सन्तराम चौधरीले पनि खाँणको मत काट्ने संभावना रहेकाले त्यसको फाईदा भुषाललाई पुग्ने स्थानिय बासिन्दा बताउँछन् ।
यता गत संविधानसभा निर्वाचन सम्म गाउँका ठुला ठालुले भनेको ठाउँमा गाउँका अन्य जनताले भोट हाल्ने ठेकेदारी प्रथाको पनि अन्त भएका कारण उम्मेदवारहरु अहिले क्षेत्रको हरेक मतादाताको घरघरमा पुगेको देखिन्छ ।
एमाले नेता भुसालले आफु संविधानसभा सदस्य उम्मेदवार भएकोले आफ्नो उम्मेदवारी संविधान बनाउनुको साथसाथै यस क्षेत्रको सन्तुलित विकासमा जोड दिने मतदातालाई बताएका छन् भने कांग्रेसका उम्मेदवार खाँणले विकासलाई प्रमुख एजेन्डाका रुपमा प्रस्तुत गरेको देखिन्छ ।
एमालेको बहुमत विना राजनीतिक बेथीति नहट्ने र राजनीतिक बेथिती नहटेसम्म मुलुककले निकास नपाउने हुँदा आसन्न संविधानसभा निर्वाचनमा एमालेको जीत आवश्यक रहेको तर्क गर्दै आफुले भोट मागेको बताउँछन् एमाले उम्मेदवार भुसाल ।
अर्कोतर्फ गत निर्वाचनमा जनतालाई दिएको आश्वासन पुरा गरेको, विकास निर्माण र तिनाऊ नदी वारीपारीको असुविधालाई कम गर्न पुल निर्माण गरेकोले नेता खाँणको जीत सुनिश्चित भएको नेपाल तरुण दल रुपन्देही जिल्ला बरिष्ठ उपाध्यक्ष भरत बहादुर केसीको दाबी छ ।
अर्कोतर्फ पुराना कम्युनिष्ट, इमान्दार र स्थानिय स्तरमा लोकप्रिय नेताको रुपमा चिनिएका एमाओबादी नेता अर्यालको जित हुने एमाओवादी जिल्ला संयोजक यज्ञ पोखरेल बताउँछन् ।
राष्ट्रिय बौद्धिक ब्यक्तित्व रहेका भुषाल लाई जीताउन क्षेत्र न ३ का बासिन्दा आतुर रहेको एमाले निर्वाचन परिचालन कमिटीका यज्ञ गैरे दाबी गर्छन । गैरेरे रुपन्देही ३ एमालेको किल्ला बनाएरै छाड्ने दाबी समेत गरे । कांग्रेसका उम्मेदवार खाँण पनि जित सुनिश्चित भएको दाबी गर्छन । क्षेत्र न ३ का मतदाता निकै शिक्षित र चेतनशिल भएका कारण कांग्रेसका खाँण र एमालेका भुषाल बिचनै कडा प्रतिप्रस्र्धा हुने बिश्लेषक बताउँछन् ।
रुपन्देही ३ मा टिकुलीगढ, पश्चिम अमुवा, दयानगर, सौं फर्साटिकर, सेमलार, मानपकडी, शंकरनगर, आनन्दवन, करहिया,हर्नैया र खड्क बनगाइ गाविस रहेको छ । आनन्दवनमा ६ हजार ५ सय ७३, करहियामा ९ हजार ६ सय ६९, खड्क बनगाइ ४ हजार ४ सय ९३, टिकुलीगढमा ६ जार ७ सय ९१, दयानगरमा ४ हजार ६ सय ४०, पश्चिम अमुवामा ५ हजार ४ सय ८४, शंकरनगरमा १३ हजार ४ सय ५२, सेमलारमा ५ हजार १ सय ६, सौ फर्साटिकरमा ५ हजार २ सय ३६ र हर्नैयामा २ हजार १ सय ८६ मतदाता रहेका छन् ।

प्रतिक्रिया