बर्दिया, २२ कात्तिक । निर्वाचन आयोगका आयुक्त डा. रामभक्त पीभी ठाकुरले संविधान सभा निर्वाचनमा कुनै पनि अप्रिय घटना हुन नदिन पुरा तयारी भएको बताएका छन् ।
मध्यपश्चिम क्षेत्रको सुरक्षा अवस्था तथा समग्र निर्वाचनको अवस्था अनुगमनका क्रममा विहिबार बर्दिया आइपुगेका ठाकुरले निर्वाचनको समयमा अझ सुरक्षा निगरानी बढाइने भएकाले कुनै अप्रिय घटना नहुने स्पष्ट पारे ।
मंसिर ४ मा नै संविधान सभाको निर्वाचन हुने बताउँदै उनले निर्वाचनका लागि चाहिने सवै सामग्रीहरुको तयारी पुरा भइसकेको समेत जानकारी दिए । अहिले सम्म मुलुकभरी करिब आठ सयको हाराहारीमा आचार संहिता उलंघनका घटनाहरु दर्ता भएको र सवै घटनामा आवश्यक कारवाही अगाडी बढाइएको आयुक्त ठाकुरले जानकारी दिए । पत्रकारहरुको जिज्ञासामा आयुक्त ठाकुरले आचार संहिता उलंघन गरिए जो सुकैलाई पनि कडा कारवाही
हुने बताए ।
पत्रकारहरुको जिज्ञासामा आयुक्त ठाकुरले मतदाताहरुले मतदान स्थलमा मोवाइल लैजान पाउने वा नपाउने भन्ने विषयमा छलफल हुने बताए । उनले मतदान स्थलमा कुनै पनि राजनीतिक दल वा मतदाताले मोवाइल दुरुपयोग गर्न सक्ने संभावनालाई ध्यानमा राखी यसको बारेमा छलफल गरिने बताए ।
प्रतिक्रिया