चुनाव विरोधीलाई जनताले ठीक पार्छन्

Ramchandra-Poudelकाठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले निर्वाचन बहिस्कार गर्ने नेकपा–माओवादी आफै बहिस्कृत भएर जाने बताएका छन् ।

काठमाडौंस्थित आफ्नै निवासमा आज (सोमबार) पत्रकारसँग कुरा गर्दै पौडेलले नेपाली जनता चुनावको पक्षमा रहेकाले चुनाव विरोधीलाई जनताले आफै ठीक लगाउने बताए । उनले मंसिर ४ गते संविधानसभाको निर्वाचन हुने दोहर्‍याए ।

‘सरकारलाई चुनावका लागि आवश्यक सम्पूर्ण सुरक्षा ब्यवस्था मिलाउन आग्रह गरेका छौं,’ उनले भने । सबै दललाई मान्य हुने गरी निर्वाचन संसारमा कतै पनि हुन नसक्ने पौडेलको भनाई छ ।

सुरक्षा परिषदको हालैको बक्तब्यका विषयमा सरकारलाई स्पष्ट पार्न माग गर्दै उपसभापति पौडेलले अहिले कांग्रेसको बहुमत आउने देखेर केही दल र शक्तिहरु अत्तालिएको बताए ।

कांग्रेसको बहुमत पछि मुलुकले स्थायी सरकार र लोकतान्त्रिक संविधान पाउने उनको भनाई छ । ‘चुनाव भाड्नेहरुसँग सचेत हुनु पर्छ,’ उनले भने ।

प्रतिक्रिया