बजारमा मखमली र सयपत्री फूलको अभाव

चितवन, १९ कात्तिक । चितवनका बजारमा मखमली र सयपत्री फूलको अभाव भएको छ । चितवनमा करिव ५ विगाहा Flour-Pokharaक्षेत्रफलमा फूलको खेती भएको कृषकहरुको अनुमान छ ।

बजारमा मागको अनुपातमा आपूर्ति हुन नसकेको स्थानीय व्यवसायीको भनाई छ । तिहारमा दिदी–बहिनीहरुले आफ्ना दाजुभाइको लामो आयूका लागि कहिलै नओइलाउने मखमलीको माला लगाइदिने प्रचलन छ ।

कहिल्यै नओइलाउने दुवो र मखमली जस्तै आफ्ना दाजुभाईको जीवनपनि सदासर्वदा मौलाईरहोस भन्ने कामनाका साथ दिदी–बहिनीले माला लगाइदिने गर्छन् ।

आजभोलि वजारीया मालाहरुको प्रयोगले सयपत्री र मखमलीलाई बिस्थापित गर्न थालेको स्थानीयको भनाई छ । अहिले बजारीया मालाहरुको आकर्षणले पनि सयपत्री र मखमली फूलको व्यवसायिक खेती हुन छोडेको छ ।

चितवनमा केही व्यवसायीहरुले सयपत्री र मखमलीको व्यवसायिक खेती गरेका भएपनि त्यसको उत्पादनले बजारको माग पूर्ति गर्न सकेन ।

उत्पादित फूलहरु अन्य समयमा बढी मात्रामा जिल्ला वाहिर खपत हुने गरेको र सोहि अनुसार जिल्लामा नआई अन्य क्षेत्रमा गएको जिल्ला कृर्षि विकास कार्यालय चितवनले जनाएको छ ।

आगामी तिहारहरुमा यस्तो समस्या आउन नदिन कार्यालयले फूल खेतीलाई लक्षित गरी कार्यक्रमहरु संञ्चालन गर्न लागेको वागवानी विकास शाखाका प्राविधिक सहायक नीलकण्ठ पौडेलले जानकारी दिए ।

प्रतिक्रिया