थर्ड आईको मैत्रीपूर्ण खेल सम्पन्न

काठमाडौं : पॉचौ थर्ड आई मैत्रीपूर्ण फुटबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । दिपावलीको अवसरमा प्रत्येक बर्ष हुने प्रतियोगिता यसपटक अविवाहित टोलिले जित्यो च्यासल खेल मैदानमा बानेश्वरको अविवाहित टोलिले विवाहित टोलिलाई ८–७ ले हराएको हो
अविविाहितका लागि ुशन थापाले ४ गोल गर त्यसैगरि बलराम कार्की विपिन लिम्बुले थप २/२ गोल गर यता, विवाहितबाट ग्रिस्मा लिम्बुले ह्याट्रिक गरेका थिए भने राजु श्रेष्ठ शसि थापाले २/२ गोल गरेका थिए । प्रतियोगितामा सहभागीहरुलाई बानेश्वर क्षेत्र समाजसेवीहरुले प्रमाणपत्र वितरण गर सो अवसरमा बानेश्वर क्षेत्रका प्रतिष्ठित व्यक्तीहरुको उपस्थित रहेको थियो ‘यस क्षेत्रका बासिन्दाहरुमा खेलकुद मार्फत आपसी भाइचारा सम्बन्ध प्रगाढ बनाउनका लागि हामीले दिपावलीको अवसरमा प्रत्येक बर्ष फुटबल गर्द आएका हौं ।’ प्रतियोगिताका ंयोजक भक्तशंकर श्रेष्ठले भने श्रेष्ठले सधैं व्यस्त हुनेहरु पनि फुर् द निकाले च्यासल मैदानमा शुभकामना आदान प्रदान गर्न उपस्थित हुने गरेको बताए । ‘शहरीकरणका कारण मानिस व्यस्त छ । एकले अर्कालाई चिन्दैन । अझ नयॉ पुस्ता पुरानो पुस्ताबीचको खाडल खनिदै छ । त्यसलाई चिर्नका लागि यो अविवाहित विवाहितबीचको फुटबलले ठूलो काम गरेको छ ।’ श्रेष्ठले भने
उनले दुई पुस्ताबिचको पुलको काम गर्न सबैभन्दा उपयुक्त माध्यम खेलकुुद भएको समेत जिकिर गर सो कार्यक्रममा बुद्धनगर टोलसुधार समितिकी अध्यक्ष मानकुमारी श्रेष्ठ,  समाजसेवी श्यामलाल तन्डुकार, कल्याणी रिजाल, अनिल थापा, नयॉ बानेश्वर स्पोर्ट क्लबका अध्यक्ष ुमन आचार्य, व्यवसायी रवी गिरि, मकर श्रेष्ठ, मिन श्रेष्ठलगायतको उपस्थिति थियो
‘यो फुटबलमार्फत मैले आफ्ना साथीका छोरा छोरीलाई समेत चिन्ने अवस पाउ‘छु त्यसैले म बर्षको एक दिन बुट लगाएर मैदान छिर्छ ।’ अमित प्रधानले भने ‘थ्रीआईको यो कार्यक्रमले दुई पुस्तालाई एउटै मालामा बॉध्ने काम गरेको छ ।’ भक्तशंकर श्रेष्ठको प्रतिक्रिया छ ।

प्रतिक्रिया