हिंसात्मक गतिविधि नगर्न दबाब

Jamie-McGoldrickकाठमाडौं : संयुक्त राष्ट्रसंघका आवासीय समन्वयकर्ता जिमी म्याकगोल्डरिकले शनिबार नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसँग भेट गरेका छन् ।
माओवादी कार्यालय बुद्धनगरमा भएको भेटमा आवासीय समन्वयकर्ता म्याकगोल्डरिकले संविधानसभा चुनावमा सहयोग पुर्‍याउन र बहिष्कारै गरे पनि शान्तिपूर्वक गर्न माओवादी नेतालाई आग्रह गरेका थिए । भेटमा माओवादी उपाध्यक्ष एवं विदेश विभाग प्रमुख सिपी गजुरेल पनि सहभागी थिए । चुनाव बहिष्कार कस्तो हुन्छ भनी गोल्डरिकले प्रश्न गरेको एक नेताले बताए । जवाफमा आफूहरूले बहिष्कार शान्तिपूर्ण हुने बताएको तीन नेताले उल्लेख गरे ।
‘हामी नेपालमा शान्ति र समृद्धि चाहन्छाँै, निर्वाचनमा भाग लिने दलहरूले निर्वाचन आचारसंहिता पालन गरुन् र बहिष्कारमा रहनुभएका तपाईंहरूले शान्तिपूर्ण रूपमा बहिष्कार गर्नुहोस् भन्ने हाम्रो चाहना छ,’ ती नेताले म्याकगोल्ड्रिको भनाइ उद्धृत गर्दै भने ।
जवाफमा आफूहरूले चुनावको मिति सार्नुपर्ने अन्यथा यथास्थितिमा हुने चुनावलाई जनता र आफ्नो दलले नमान्ने बताएको उनले उल्लेख गरे । म्याकगोल्डरिकले भने पछिल्लो समय माओवादीका नाममा देशभरि भइरहेका आक्रमणका घटनाबारे जिज्ञासा राख्दै त्यस्ता गतिविधि नगर्न माओवादीलाई आग्रहसमेत गरेका थिए ।

प्रतिक्रिया