रेग्मीको क्षेत्रमा महिला उम्मेदवार छैनन्

काठमाडौं, १७ कात्तिक । अघिल्लो संविधानसभा निर्वाचनमा पाल्पा निर्वाचन क्षेत्र २ मा एकीकृत नेकपा (माओवादी)का लीलाकुमारी सोमै मगर विजयी भएको क्षेत्रमा अहिले एकजना पनि महिला उम्मेदवार छैनन् ।

यस क्षेत्रमा पोखराथोक–६ धोवादीमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पुख्र्यौली घर छ । पाल्पा निर्वाचन क्षेत्र २ मा ११ राजनीतिक दलका ११ जना उम्मेदवार संविधानसभा निर्वाचनको मैदानमा रहेका छन् । क्षेत्रमा ककुननै पनि महिला उम्मेदवारको नाम कतै पनि नसुनेपछि महिला खुसी देखिएका छ्रैनन् ।
अघिल्लो संविधान सभा निर्वाचनमा क्षेत्र २ मा एमाओवादीकी महिला उम्मेदवार लीलाकुमारी सोमैले १२ हजार ७५० मत ल्याएर विजय बनेकी थिइन् । एमालेका सोमप्रसाद पाण्डेले १० हजार ९२९ र नेपाली कााग्रेसका राजनप्रसाद पन्तले पाण्डेको भन्दा १०९ मतले कम ल्याएका थिए ।
कुल ४१ हजार ११३ मतदाता रहेको यस क्षेत्रमा झन्डै २४ हजार ९८१ महिला र २० हजार १ सय ३२ पुरुष मतदाता रहेका छन् । महिला मतदाता बढी रहेपनि महिलाको उम्मेदवारी नपरेको पाल्पा निर्वाचन क्षेत्र २ का निर्वाचन अधिकृत बलराम त्रिपाठीले बताए ।
जनजातिको बाहुल्य रहेको यस क्षेत्रमा पााचजना जनजाति समुदायका व्यक्तिलाई उम्मेदवार बनाइएको छ । जनजातिपछि दलितको ठूलो बस्ती छ । कुनै पनि दलले दलित समुदायबाट उम्मेदवार नउठाएको त्रिपाठले बताए । क्षेत्री–बाहुन ६ जना उम्मेदवारहरू क्षेत्र नं २ को चुनावी मैदानमा छन् ।
जिल्लामा ७४ हजार ७४१ महिला मतदाता रहेका छन् । आधाभन्दा बढी मतदाता रहेको पाल्पा निर्वाचन क्षेत्र १ मा महिला उम्मेदवारी न्यून परेको छ । कााग्रेसले सीता देवकोटालाई उम्मेदवार बनाएको छ । उनीलगायत क्षेत्र १ मा तीनजना महिला उठेका छन् ।
राप्रपा नेपालले भुनकुमारी न्यौपाने र सङ्घीय समाजवादी पार्टीले रुपमति ढेगालाई उम्मेदवार बनाएका छन् । पार्टीले महिला उम्मेदवार बनाएपछि कााग्रेसका रमण थापाले देवकोटाको विरुद्धमा जिल्ला कार्यालयमा तालाबन्दी गरेका थिए । यसरी महिला उम्मेदवार परेको अवस्थामा पनि पार्टीभित्रैबाट विरोध भएको छ ।
पाल्पा निर्वाचन क्षेत्र १ मा ४५ हजार १७३ मतदाता रहेकामा महिला २४ हजार ९१४ र पुरुष २० हजार २५९ मतदाता रहेका छन् । पुरुषभन्दा झन्डै चार हजार मतदाता यस क्षेत्रमा पनि महिला नै बढी छन् ।
यस क्षेत्र पनि दलित समुदायको उम्मेदवारी परेको छैन । तर जनजाति समुदायको बाहुल्य रहेको क्षेत्रका रुपमा चिनिएको क्षेत्र १ मा पनि पााचजना अन्य (बाहुन, क्षत्री) र पााचजना जनजाति रहेका छन् । एकीकृत नेकपा (माओवादी)ले जनजाति समुदायका तेजबहादुर सिंजालीलाई उम्मेदवार बनाएको छ । एमालेबाट पार्टी अध्यक्ष राधाकृष्ण काडेल नै उम्मेदवार बनाइएको छ ।
पाल्पा निर्वाचन क्षेत्र ३ जिल्ला सदरमुकाम तानसेन समेतको क्षेत्र पर्छ । यस क्षेत्रमा पनि एक दलित महिलासहित दुईजना दलितको उम्मेदवारी परेको छ । यस क्षेत्रमा जनजातिका तर्फबाट कुनै पनि दलले उम्मेदबार बनाएको छैन ।
मजदुर किसान पार्टीले सरु विश्वकर्मा, दलित जनजाति पार्टीले सरिवप्रसाद गहतराजलाई दलितको उम्मेदवार बनाएको छ । यी दुई दलित बाहेक पाल्पामा दलितलाई उम्मेदवार बनाइएको छ्रैन । पाल्पा भुवनपोखरी, छहरा, फेक दलितको बाहुल्य रहेका क्षेत्र हुन् ।
राजनीतिक दलले महिलालाई उपेक्षा गरेका कारण प्रत्यक्षमा उनीहरु उम्मेदवार बन्न नसकेका हुन् । महिलालाई जहिले पनि कमजोर ठान्ने पुरुष प्रवृत्तिका कारण महिला उम्मेदवारी कम परेको दलित महिला सङ्घ पाल्पाकी सदस्य महेन्द्र दर्नाल बताउनुभयो । झन्डै ४५ हजार ८९१ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा पनि महिला मतदाता बढी छन् ।

प्रतिक्रिया