काठमाडौंको जमिन भासिने खतरा

kathmaduकाठमाडौं, १६ कात्तिक । दुई दशक अघिको अध्ययनले तोकेको मापदण्ड भन्दा पाच गुणा बढि पानी काठमाडौंको जमिनमुनीबाट निकालिए पछि काठमाडौंको जमिन भासिने खतरा बढेको छ । २३ वर्ष अघि सन् १९९० मा जापानी संस्था जाइकाले गरेको काठमाडौंको भूमीगत जलको एक अध्ययनले जमिनमुनीबाट बढिमा दैनिक डेढ करोड लिटर मात्रै पानी तान्न सकिने र त्यो भन्दा बढि निकालिए जमिनको संरचना बिग्रने खतरा औंल्याएको थियो । तर, त्यसको विपरित अहिलेसम्म खानेपानी वितरणका लागि काठमाडौंमा दैनिक आठ करोड लिटर भन्दा बढि पानी निकालिदै आइएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)ले मात्रै दैनिक औसत सात करोड लिटर भन्दा बढिका दरले जमिन मुनीबाट पानी निकालिरहेको छ । त्यो बाहेक ठूलाठूला होटल, हाउजिङ लगायतले विना रोकटोक डिप ट्यब्वेल लगाएर थप पानी तानिरहेका छन् ।

जमिनमुनीको पानी तानीरहने तर पक्की संरचनाले वर्षात्को पानी जमिनमुनी छिर्न नपाउने भए पछि काठमाडौंको जमिन दिनप्रतिदिन खोक्रिादै गइरहेको भूमिगत जलका जानकारहरु बताउछन् । भूगर्व सम्बन्धी जानकारकाअनुसार बढ्दो पक्की संरचना र पिच धेरै भएर काठमाडौं उपत्यकामा वर्षात्को पानी छिर्ने खुल्ला ठाउ निकै कम छ । यसैकारण, पर्याप्त पानी जमिन मुनी पुग्नको सट्टा नाली, ढल हुदै खोलामा गैरहेको छ भने विना रिचार्ज दैनिक करोडौं लिटर पानी जमिनमुनीबाट निकाल्दा जमिन खोक्रिदै गैरहेको छ ।
यसरी वर्षात्को पानी रिचार्जको तुलनामा जमिनमुनीबाट निकै धेरै पानी तानिरहेकोले असन्तुलित बनेको उपत्यकाको जमिन जुनसुकैबेला भासिने खतरा बढेको त्रिभुवन विश्वविद्यालय केन्द्रिय भूगर्व विभागका सह प्राध्यापक डा. सुरेशदास श्रेष्ठले बताए ।
उनले जमिन मुनीको पानीको सतह वर्षेनी साढे दुई मिटरका दरले घटिरहेको र थप तल सम्म जमिन खोक्रिने प्रक्रिया चलिरहेकोले रिचार्जको लागि खुला ठाउा छुट्टाएर जतिसक्दो छिटो उपत्यकाको जमिन मुनी पानी सहजै पुर्‍याउनु पर्ने बताए ।
शहरी विकास तथा भवन निर्माण विभागकाअनुसार ६ सय वर्ग किलोमिटर क्षेत्रफल रहेको काठमाडौं उपत्यकामा हाल करिव १७ प्रतिशत मात्रै खुल्ला क्षेत्र छ भने बााकि झण्डै ८३ प्रतिशत पक्की संरचना र पिचले ओगटेको छ । जसबाट उपत्यकामा वर्षेनी करिव चार करोड लिटर पानी मात्रै रिचार्ज हुने गरेको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।
काठमाडौंको भूमिगत जलस्रोतको क्षेत्रमा भएका अध्ययनको आधारमा भूमिगत जलस्रोत विकास समितिले तयार गरेको रिपोर्टले पनि जमिनमुनीबाट दैनिक करोडौं लिटर पानी तानीने तर वर्षात्को पानी रिचार्ज हुन नपाउादा माटोको संरचना बिथोलिएको देखाएको छ । रिपोर्टअनुसार हाल पानी तानिरहेको र कालो माटोका कारण तल सम्म पानी पुग्न नसक्दा कुनै पनि बेला भासिन सक्ने क्षेत्रहरुमा उपत्यकाका मध्य क्षेत्र छन् । जसमा सिनामंगल, सानेपा, नरदेबी, ग्वार्को, लैनचौर, नया सडक, ताहाचल, स्वयम्भू, नक्साल, त्रिपुरेश्वर, सानोठिमी र टेकु रहेका छन् । ती क्षेत्रमा जमिनमुनी डेढ सय देखि दुई सय मिटर सम्म कालो माटो रहेको बताइएको छ । यसबाहेक उपत्यकाका उत्तरी र दक्षिणी भेगमा समेत भवन निर्माण र पिचले पानी रिचार्जमा समस्या आउन सुरु भएको छ ।
जताततै पक्की संरचना र पिचका कारण पानी रिचार्ज हुन नपाएर काठमाडौंको माटोको संरचना बिग्रिादै गैरहेकोले खोक्रिएको जमिन कुनै पनि बेला भासिन सक्ने खतरा बढेको समितिले जनाएको छ । त्यो भन्दा तल सम्म खनेर डिप बोरिङ मार्फत् तीनै क्षेत्रमा विभिन्न ठूला होटल, अस्पताल, हाउजिङ, कम्प्लेक्स औद्योगिक कलकारखाना सञ्चालन भैरहेको रिपोर्टमा उल्लेख छ । जहाका हरेक ठूला होटल, अस्पताल, हाउजिङ, कम्प्लेक्स औद्योगिक कलकारखानामा राखिएका डिप बोरिङ र हरेक घरै पिच्छे जसो खनिएका इनार तथा ट्यूववेलमार्फत दैनिक करोडौं लिटर पानी तान्ने गरिन्छ । भूमिगत जल कानुन नबनेकोले जो कोहीले जथाभावी पानी निकालेकोले यस्तो समस्या आएको शाक्यले बताए । वर्षात्को पानी जमिन मुनी नपुग्नुमा पिच सडक र अनियन्त्रीत भवन निर्माण मुख्य कारक रहेको बताइएको छ ।

प्रतिक्रिया